बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अवैद्य सम्बन्धको खुलासापछि पत्नीको निर्देशनमा ग्रीक राजदूतको हत्या

शनिबार, १६ पुस २०७३, १२ : ३३
शनिबार, १६ पुस २०७३

रियो – ब्राजिलका एक प्रहरीले ग्रीसका राजदूतको हत्या गरेको स्वीकार गरेका छन् । ती प्रहरीका अनुसार ग्रीक राजदूतले आफू र राजदूत पत्नीलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि हत्या गरेको स्वीकार गरेका हुन् ।

ग्रीक राजदूत कायरियाकोस अमिरिडिस गत सोमबारदेखि हराइरहेका थिए । उनको शव बिहिबार रियो दि जनेरियोभन्दा बाहिर सडक किनारमा एक जलेको कारमा फेला परेको थियो ।

ब्राजिलका प्रहरीका अनुसार राजदूत पत्नी फ्रान्कोइस अमिरिडसले उनको हत्या योजना बुनेकी हुन् ।

ब्राजिलका प्रहरी अधिकारी सर्जियो गोमेस मोरेइरा फिल्होले घाँटी थिचेर राजदूतको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताए ।

राजदूत पत्नी ४० वर्षीया फ्रान्कोइस, २९ वर्षीय गोमेस र उनका आफन्त एडवार्डो मेलोलाई पक्राउ गरिएको छ ।

मेलोलाई हत्यामा सहयोग गर्न २५ हजार डलर दिइएको बताइएको छ ।

उनीहरुमाथि सोधपुछ जारी रहेको र थप ३० दिन हिरासतमा राखेर अनुसन्धान गरिने बताइएको छ ।

‘राजदूत पत्नीले शुरुमा हत्यामा आफ्नो संलग्नता नरहेको बताए पनि सोधपुछका क्रममा पछि रुँदै पतिको हत्या गरेको स्वीकार गरिन्,’ अनुसन्धानकर्ता एभारिस्टो पोन्टेस मगलहेजले बताए ।

उनका अनुसार पत्नीलाई आपत्तिजनकस्थितिमा फेला पारेपछि गोमेस र राजदूतबीच झगडा परेको र त्यसपछि हत्या भएको बताए । गोमेसले आत्मरक्षाका लागि हत्या भएको बताए पनि ब्राजिलका प्रहरीले त्यो अस्वीकार गरेका छन् ।

५९ वर्षीय राजदूत ब्रासिलियाबाट नोभा इगाउकुबाट क्रिसमस मनाउन गइरहेका थिए । तर, त्यसपछि उनी बेपत्ता भए ।

राजदूत पत्नीले बुधबार आफ्नो पछि हराइरहेको उजुरी प्रहरीमा दर्ता गरेकी थिइन् । प्रहरीका अनुसार पत्नी र उनी बस्ने घरको सोफामा राजदूतको रगत लागेको भेटिएको छ । त्यहाँ उनको हत्या भएको प्रहरीको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप