तेस्रोलिंगीका लागि भारतमा पहिलो विद्यालय
शनिबार, १६ पुस २०७३, १२ : ५३
कोची – भारतको कोची सहरमा तेस्रोलिंगीका लागि आवासीय विद्यालय खोलिएको छ । पढाई छाड्न बाध्य भएका तेस्रोलिंगीहरुले पढाई पूरा गर्न पाओस् भनेर विद्यालय खोलिउको बताइएको छ ।
भारतमा तेस्रोलिंगीहरुको अवस्था दयनीय रहेको र आलोचना खेप्नुपर्ने भएका कारण आधाभन्दा बढीले स्कूलको पढाई पूरा गर्न पाउँदैनन् ।
तेस्रोलिंगीका लागि खोलिएको सहाज इन्टरनेसनल नामक विद्यालय भारतमा नै पहिलो पटक हो ।
विद्यालयमा २५ देखि ५० वर्ष उमेरका १० जना विद्यार्थीलाई अध्यापन गराइने छ र त्यहाँ विद्यार्थीहरुलाई कक्षा १० र १२ को बोर्ड परिक्षाका लागि तयार गरिने छ । त्यस्तै पाठ्यक्रममा केही व्यवसायीक सीप सिकाउनले पनि राखिएको छ ।
स्कूलका प्रमुख तेस्रोलिंगी अभियानकर्ता विजयराजा मल्लिकाले तेस्रोलिंगीहरुले राम्रो काम र स्वाभिमानी जीवन बिताउन पाउन भनेर विद्यालय खोलिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण