बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

प्लास्टिक सर्जरी गर्दा मोडलको मृत्यु

शनिबार, १६ पुस २०७३, १३ : २०
शनिबार, १६ पुस २०७३

ग्वाटेमाला – ग्वाटेमालाकी एक मोडलको प्लास्टिक सर्जरीपछि मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

२२ वर्षीया मेलानी मोन्टेनेग्रो इक्वेडरको ग्वायाक्वील शहरमा डा. फिलिपेको क्लीनिकमा लिपोसक्सन प्लास्टिक सर्जरी गर्न पुगेकी थिइन् ।

प्रहरीका अनुसार अपरेसनको दौरान हृदयघातबाट मेलानीको मृत्यु भएको प्रहरीले बताएको छ । उनका परिवारले डाक्टरले उनको मृत्युको खबर लुकाएको आरोप लगाएका छन् ।

मेलानीको परिवारका अनुसार क्लीनिकका मालिकले फोन गरेर छोरीको मृत्युको खबर सुनाएका थिए । मेलानीले मेडिकल टोलीलाई अपरेशनका दौरान प्रयोग हुने औषधिसँग एलर्जी रहेको नबताएको कारण हृदयघात भएको ती व्यक्तिले परिवारलाई जानकारी दिएका थिए ।

मेलानीका पिताले आफूलाई छोरी लिपोसक्सन प्लास्टिक सर्जरीका जान लागेको थाहा नभएको बताए ।

प्रहरीका अनुसार डाक्टर फरार रहेका छन् र उनको खोजी भइरहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप