बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नयाँपनसहित बलिदान चलचित्रको ‘हाम्रो नेपालमा’ (भिडियो)

आइतबार, १७ पुस २०७३, १० : ०७
आइतबार, १७ पुस २०७३

काठमाडौँ – पछिल्लो समय पूराना नेपाली गीतहरुलाई नयाँपन दिएर कभर गर्ने लहरनै चलिरहेको छ । विशेष गरेर नयाँ पुस्ताले नयाँ प्रविधिलाई पछ्याउँदै पूराना चर्चित गीतहरुलाई नयाँ लय र संगीत भरेर पस्कने गरेका छन् ।

पहिले गीत सार्वजनिक गर्न क्यासेट वा सिडी निकाल्नुपर्ने बाध्यता रहेकोमा अहिले नयाँ पुस्ताको रोजाइँमा सामजिक सञ्जाल र युट्युव पर्ने गरेको छ ।

यसैबीच क्याननहिल्स नामक ब्याण्डले अंग्रेजी नयाँ वर्षको अवसर पारेर बलिदान चलचित्रको चर्चित गीत ‘हाम्रो नेपालमा’ को कभर भर्सन सार्वजनिक गरेको छ ।

ब्याण्डका गायक श्रेयस्कर गदाल भन्छन्, ‘नयाँ युवापुस्ता अंग्रेजी र हिन्दी गीतसंगीत तर्फ आकर्षित भइरहेका बेला हामीले पूराना नेपाली गीतहरुलाई नयाँ पुस्ताको रुचीअनुसार ढालेर प्रस्तुत गरेका हौँ ।

यसले बिर्सिसकिएका पूराना गीतहरुलाई पुनर्जीवन दिने आशा गरेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप