'सान्टा क्लज'को पहिरन लगाएको आतंकवादीद्वारा इस्तानबुलको नाइटक्लबमा आक्रमण : ३९ जनाको मृत्यु (फोटो/भिडियो)
इस्तानबुल – टर्कीको इस्तानबुलमा रहेको एक नाइटक्लबमा भएको आतंकवादी आक्रमणमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । टर्कीका गृहमन्त्रीका अनुसार मारिनेमा १६ जना विदेशी रहेका छन् । सुलेमान सोल्युका अनुसार प्रहरीले आक्रमणकारीको खोजिगरिरहेका छन् । सहरका गर्भनर भासिप साहिनले यसअघि घटनामा एक प्रहरीको पनि मृत्यु भएको बताएका थिए । इस्तानबुलको ओर्टाकोय क्षेत्रमा रहेको रेनिया नामक नाइटक्लबमा स्थानीय समय अनुसार बिहान साढे १ बजे आक्रमण भएको थियो ।
घटनामा ४० जना घाइते भएको बताइएको छ ।
गर्भनरका अनुसार आक्रमणकारी सान्टा क्लजको लुगा लगाएर नाइट क्लब पुगेको थियो । ‘एक आतंकवादीले लामो दुरीको हतियारले नयाँ वर्ष मनाइरहेका सर्वसाधारणमाथि अन्धाधुन्द गोली प्रहार गरेका थिए,’ घटना स्थलमा पुगेका पत्रकारहरुसँग कुरा गर्दै भने ।
उक्त क्लब टर्कीका नागरिक मात्र नभएर विदेशीहरुबीच पनि चर्चित रहेको थियो ।
घटनापछि आक्रमणकारीको अवस्था अझै यकिन भएको छैन । प्रत्यक्षदर्शीले भने एक होइन दुई जना आक्रमणकारी रहेको बताइरहेका छन् ।
बिबिसीका अनुसार घटनाको बेला क्लबमा ७ सयभन्दा बढी मानिस थिए ।
इस्लामी चरमपन्थीहरुले नयाँ वर्ष र क्रिसमसको अवसर पारेर आतंकवादी आक्रमण गर्ने चेतावनी पहिलेदेखि नै दिँदै आइरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण