चेल्सीको किर्तिमानी विजयी यात्रा जारी, लिभरपुलद्वारा सिटी पराजित
लण्डन – चेल्सीले निकै रोमाञ्चक खेलमा स्टोक सिटीलाई ४–२ ले हराउँदै शीर्ष स्थानमा पकड बलियो बनाएको छ ।
प्रिमियर लिगमा चेल्सीको यो लगातार १३ औँ जित हो । योसँगै चेल्सीले प्रिमियर लिगमा लगातार १३ खेल जितेको किर्तिमान बराबरी गरेको छ । यसअघि सन् २००१–०२ मा आर्सनलले एउटा सिजनमा लगातार १३ खेल जितेर किर्तिमान बनाएको थियो । यस्तो उपलब्धि हासिल गर्ने चेल्सी दोस्रो क्लब हो ।
निकै रोचक बनेको खेलको दोस्रो हाफमा चेल्सीले दुई पटक खेलमा अग्रता पुनः बनाउन परेको थियो ।
ग्यारी केहिलले खेलको पहिलो हाफमा चेल्सीलाई अग्रता दिलाएका थिए । तर, खेलको दोस्रो हाफको पहिलो मिनेटमा स्टोकका डिफेन्डर ब्रुनो मार्टिनस इन्डीले खेल बराबरीमा ल्याए ।
विलायनले चेल्सीलाई पुनः अग्रता दिलाए पनि पिटर क्राउचले पुनः खेल बराबरीमा ल्याए ।
तर क्राउचको गोलको खुसियाली मनाउन नपाउँदै विलायनले पुनः चेल्सीलाई अग्रता दिलाए । खेलको अन्त्यतिर कोस्टाले अर्को गोल थपे ।
यस खेलमा सिसेक फाब्रिगासले १ सयौँ प्रिमियर लिग एसिस्ट गर्ने चौँथो खेलाडी बने । २९३ खेलमा यो पूरा गर्दै उनी सबैभन्दा चाँडो उपलब्धि हासिल गर्ने खेलाडी पनि बने ।
जीतपछि १९ खेलबाट चेल्सीको ४९ अंक रहेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा ६ अंकले अघि रहेको छ ।
शनिबार भएको अर्को खेलमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई १–० गोलले हरायो ।
जर्जिनियो विज्नाल्डमले खेलको ८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
सन् १९८१ पति लिभरपुलले सिटीलाई लगातार ४ पटक हराएको यो पहिलो अवसर हो ।
प्रिमियर लिगमा जर्गन क्लप र पेप ग्वार्डिओला भेट भएको यो पहिलो अवसर हो ।
यसअघि बुन्डेस लिगामा दुई प्रशिक्षक बोरुसिया डर्टमण्ड र बायर्न म्युनिखबाट आमनेसामने हुने गर्थे । त्यतिबेला दुवैले ४–४ खेल जितेका थिए ।
लिभरपुलले सन् २०१६ मा ८७ लिग गोल सफल भयो ।
उता, म्यान्चेस्टर युनाइटेडले भने नाटकीय पुनरागमन गर्दै मिडल्सब्रोलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
खेलको अन्तयतिर दुई मिनेटको अन्तरालमा दुई गोल गर्दै एक गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेडले लगातार पाँच खेलमा जित हासिल गरेको हो ।
खेलमा नियन्त्रण राखेको युनाइटेड अप्रत्यासित रुपमा ग्रान्ट लिडबिटरको गोलबाट पछि परेको थियो ।
तर, खेलको ८५ र ८६ औँ मिनेटमा एन्थोनी मार्सियाल र पाउल पोग्बाले गोल गर्दै युनाइटेडलाई जीत दिलाए । पहिलो ३० प्रहार असफल भएकोमा युनाइटेडले अन्तिम दुई प्रहारमा दुई गोल गर्यो ।
सन् २०१५ पछि युनाइटेडले लगातार ५ खेल जितेको पहिलो अवसर हो ।
डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीले पनि वेस्ट ह्यामलाई १–० गोल अन्तरले पराजित गर्यो ।
इस्लाम स्लीमानीको एक मात्र गोल निर्णायक बन्यो ।
लेस्टर सिटीका गोलकिपर क्यासपर स्माइकलले डिमिट्री पायेटको दुई वटा प्रहार बचाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण