बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नयाँ वर्षमा उत्तर कोरियाको ‘सर्प्राइज’ : अब अमेरिकासम्म प्रहार गर्ने मिसाइलको परिक्षण

आइतबार, १७ पुस २०७३, १३ : ४७
आइतबार, १७ पुस २०७३

प्योङयाङ – उत्तर कोरियाका नेता किम जोङ उनले आफूहरु परमाणु हतियार बोक्न सक्ने लामो दुरीको मिसाइलको निर्माणको अन्तिम चरणमा रहेको बताएका छन् ।

नयाँ वर्षको सन्देशमा उत्तर कोरिया अन्तरदेशीय बालिस्टिक मिसाइलको निर्माण ‘अन्तिम चरण’ मा रहेको किमले बताएका हुन् ।

प्योङयाङले गत वर्ष मात्र दुई वटा परमाणु परिक्षण गरेको थियो । जसमध्ये एक हालसम्मकै ठूलो थियो ।

संयुक्त राष्ट्रसंघले भने उत्तर कोरियालाई परमाणु र मिसाइल परिक्षण नगर्न दबाब दिइरहेको छ ।

सन् २०११ मा पिताको निधनपछि नेतृत्व सम्हालेका किमले टेलिभिजन सन्देशमा उनले भने, ‘नयाँ प्रविधियुक्त हतियारको निर्माण र आइसिबिएम रकेट टेस्ट लञ्चको तयारी अन्तिम तयारीमा रहेको छ ।’

उत्तर कोरियाले हालै मात्र अमेरिकासम्म पुग्न सक्ने मिसाइल बनाउने उद्देश्यमा ठूलो सफलता हात पारेको दाबी गरेको छ ।

यद्यपि, अमेरिकाकी सेनाका एक उच्च अधिकारीले भने उत्तर कोरियाको सो दाबी झुठो भएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप