बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बुरुन्डीका वातावरण मन्त्रीको गोली हानी हत्या

आइतबार, १७ पुस २०७३, १३ : ५३
आइतबार, १७ पुस २०७३

नैरोवी - बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ ।

पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिए ।

वातावरण मन्त्री स्थानीय समयानुसार मध्यराती १२ः४५ बजे आफ्नो घरबाट रोहेरो भन्ने स्थानमा जार्दै गर्दा अपराधिहरुका एक समूहले गरेको आक्रमणमा परी नियोन्कुरुको मृत्यु भएको कुरिकियले ट्विटरमा जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको उनले जानकारी दिए ।

राष्ट्रपति पेइर्रे कुरुन्जीजाले पनि मृतकका आफन्त र बुरुन्डीका जनताप्रति सहानूभूती व्यक्त गर्नु हुदै हत्यारालाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुरुन्डीमा सन् २०१५ बाट सुरु भएको हिंसाका कारण अहिलेसम्म पाँच सय जनाको मृत्यु भएको छ भने तीन लाख जना विस्थापित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप