बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

दंगल २ सय करोड क्लबमा, तर तोडेन सुल्तानको रेकर्ड

आइतबार, १७ पुस २०७३, १४ : ०९
आइतबार, १७ पुस २०७३

मुम्बई – अमिर खानको नयाँ चलचित्र दंगलले रिलिज भएको आठौँ दिनमा २ सय करोड कमाउने चलचित्रको क्लबमा सामेल भएको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शको ट्वीटका अनुसार शुक्रबार भारतीय बक्स अफिसमा १८.५९ करोड भारु कमाएको छ । यसको साथै चलचित्रले २१६ करोड रुपैयाँ कमाएको छ ।

यद्यपि, दंगलले सबैभन्दा चाँडो २ सय करोड कमाउने सुल्तानको किर्तिमान भने तोड्न सकेन । सुल्तानले ७ दिनमा नै २ सय करोड कमाएको थियो ।

चलचित्रले कयौँ हिट चलचित्रको लाइफटाइम कलेक्सनलाई पनि पछि पारेको छ । सबैभन्दा धेरै कमाउने चलचित्रमा यो ७ वौँ स्थानमा रहेको छ ।

दंगलले प्रेम रतन धन पायो (२१० करोड), ह्याप्पी न्यु इयर (२०५ करोड), ३ इडियटस् (२०२.५ करोड) र एक था टाइगर (१९९ करोड) लाई उछिनेको हो ।

गत डिसेम्बर २३ मा रिलिज भएको चलचित्रले भारतमात्र नभएर विदेशमा पनि राम्रो कमाई गरिरहेको छ । शुक्रबारसम्म विदेशमा यसले १२२.५९ करोड कमाई गरेको छ ।

भारत र विदेश गरेर ग्रस कलेक्सन ४ सय करोडभन्दा माथि रहेको भारतीय मिडियाले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप