बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सन् २०१६ मा शाहरुखलाई ३६ करोड घाटा, यस्तो रह्यो अन्य स्टारको कमाई

आइतबार, १७ पुस २०७३, १४ : २८
आइतबार, १७ पुस २०७३

मुम्बई – फोब्र्सले हाल भारतका शीर्ष देन स्टार्सहरुको कमाई सार्वजनिक गरेको छ । पत्रिकामा यी स्टारहरुको सन् २०१५ को तुलनामा सन् २०१६ मा कति कमाई गरे भन्ने देखाइएको छ ।

यस सूचीमा ७ बलिउड स्टार र तीन क्रिकेटर रहेका छन् ।

पत्रिकाका अनुसार शाहरुख खानलाई सन् २०१५ को तुलनामा ३६ करोड घाटा भएको छ । उनले सन् २०१५ मा २५७.५ करोड भारु कमाएकोमा सन् २०१६ मा त्यो घटेर २२१.८ करोड पुगेको छ ।

किन घट्यो शाहरुखको कमाई

फोब्र्सको कमाईको आंकडा बक्स अफिस, म्याच फिस, एन्डोर्समेन्ट र टिभी रेभिन्युका आधारमा तयार गरिएको थियो ।

पत्रिकाका अनुसार सन् २०१५ मा शाहरुखको चलचित्रको कमाई घटेको छ । तर, एन्डोर्समेन्टमा भने बृद्धि भएको छ । टिभी रेभिन्युमा भने शाहरुखको हात खालिरह्यो । जबकी सन् २०१५ मा टिभीबाट पनि उनको कमाई भएको थियो ।

सन् २०१५ मा उनले ‘इण्डिया सबसे शाणा कौन’ ल्याएका थिए । उनको चलचित्र दिलवालेमा पनि फाइदा कमाएका थिए ।

सन् २०१६ मा उनको कुनै शो आएन । त्यस्तै उनको चलचित्र फ्यानले चलचित्रमा खासै राम्रो गर्न सकेन । डियर जिन्दगी भने हिट रह्यो । तर, सानो बजेट र सिमित दर्शका लागि बनेको यो चलचित्रले ठूलो कलेक्सन गर्न सकेन ।

यस्तो रह्यो अन्य स्टारहरुको कमाई

१) सलमान खान

सन् २०१५ : २०२.८ करोड भारु

सन् २०१६ : २७०.३ करोड भारु

२) प्रियंका चोपडा

सन् २०१५ : २६.८ करोड भारु

सन् २०१६ : ७६ करोड भारु

३) अक्षय कुमार

सन् २०१५ : १२७.८ करोड भारु

सन् २०१६ : २०३ करोड भारु

४) दीपिका पाडुकोन

सन् २०१५ : ५९ करोड भारु

सन् २०१६ : ६९.८ करोड भारु

५) अमिताभ बच्चन

सन् २०१५ : ११२ करोड भारु

सन् २०१६ : ३२.३ करोड भारु

६) ऋतिक रोशन

सन् २०१५ : ७४.५ करोड भारु

सन् २०१६ : ९०.३ करोड भारु

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप