अब शरीरको उर्जाबाट मोबाइल चार्ज ! (भिडियो)
अहिले लोडसेडिङ लगभग अन्त्य भइसकेको छ । त्यही भएर राजधानीबासीले मोबाइल चार्ज गर्न नपाउने दुःखबाट मुक्ति पाएका छन् । नत्र १८ घण्टासम्म लोडसेडिङ भोग्ने राजधानीका जनताका लागि मोबाइल चार्ज गर्नु ठूलो समस्या हुने गर्दथ्यो । अझै पनि लामो यात्रा गर्दा मोबाइल चार्जको समस्या भने कायम छ । त्यसमाथि पनि स्मार्टफोनको चार्ज धेरै समय नटिक्ने त छँदैछ । तर, चिन्ता नगर्नुहोस्, अब मोबाइल चार्ज गर्नु ठूलो समस्या नहुने भएको छ । एउटा यस्तो यन्त्रको विकास गरिएको छ जसले विद्युत नभएको बेला पनि मोबाइल चार्ज गर्न सक्नुहुनेछ ।
यसो त पावर बैंकले पनि यो समस्यालाई धेरथोरै सम्बोधन गरेको छ । तर, त्यसलाई पनि काम गर्न विद्युत नै आवश्यक पर्छ ।
ह्याण्ड इनर्जी नामक यो नयाँ यन्त्रले भने तपाईंको शरीरको उर्जालाई प्रयोग गरेर मोबाइल चार्ज गर्नेछ ।
एउटा स्याउको आकारको यो यन्त्रबाट मोबाइल चार्ज गर्न एउटा हातमात्र लाग्नेछ । हो, यो यन्त्रलाई हातमा लिएर त्यसलाई घुमाइराखे, तपाइँको शरीरबाट निस्केको उर्जालाई यसमा स्टोर गरेर राख्छ । सो यन्त्रलाई मोबाइलमा युएसबीको मद्दतले जोडेपछि त्यसले माबाइल चार्ज गर्न सकिनेछ ।
यसका संस्थापक एलेक्स नोभिका अनुसार अहिले उक्त यन्त्रमा १ हजार एमएएच मात्र क्षमता रहेको छ जसले गर्दा यसले तपाईंको फोनलाई एकैपटकमा पूर्णतः चार्ज गर्न सक्नेछैन । तर, आपत्त परेको बेला भने निकै बेर चार्ज गर्न सक्छ ।
यो परियोजनाका लागि क्राउडफन्डिङमा पैसा उठाइएको थियो । किकस्टार्टरबाट एक महिनामा ७१ हजार डलर उठेको थियो ।
सन् २०१७ को मेमा यो व्यवसायिकरुपमा लञ्च गरिने बताइएको छ । यसको मूल्य ९९ युरो तय गरिएको छ ।
स्रोत : डिजिटल ट्रेन्ड
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण