किसेन्जर : मोबाइलबाट ‘किस’ साटासाट गर्न मिल्ने यन्त्र
आइतबार, १७ पुस २०७३, १६ : ४१
काठमाडौँ – लामो दुरीको प्रेम निकै कठिन हुन्छ । किनभने त्यहाँ भौतिक उपस्थित हुँदैन । मानिसको स्पर्सलाई अरु केही साट्न सकिन्न ।
तर, विज्ञान र प्रविधिको विकाससँगै यसको पनि वैकल्पिक उपायहरु निस्कने थालेको छ । यसको उदाहरणको मोबाइल फोनको यन्त्र किसेन्जर । यस यन्त्रबाट लामो दुरीमा रहेकाहरुले प्रेम भावस्वरुप चुम्बन आदन प्रदान गर्न सक्नेछन् ।
हुनतः यस्तो ‘किसेन्जर’ यन्त्रको बारेमा सन् २०१२ मा पनि कुरा उठेको थियो । विगत १० वर्षदेखि यसबारे अनुसन्धान पनि भइरहेकै थियो ।
त्यतिबेला डा हुमान समानीले दुई वटा सिलिकनको ओँठ भएका रोबर्टको मद्दतबाट दुई व्यक्तिबीच चुम्बन आदान प्रदान गर्ने योजना ल्याएका थिए ।
त्यतिबेला यो समाचारले निकै चर्चा पाए पनि उक्त यन्त्र कहिले पनि व्यवसायिक रुपमा बाहिर आएन ।
तर, यही महिना लण्डन विश्वविद्यालयमा कम्प्युटर विज्ञानमा पिएडी गरिरहेकी इमा यान झाङले त्यही सिद्धान्तमा आधारित रहेर नयाँ योजना ल्याएकी छिन् ।
दुई शब्द ‘किस’ र ‘मेसेन्जर’ मिलेर किसेन्जर नाम दिइएको उक्त यन्त्रबाट चुम्बन साटासाट गर्न मिल्ने र अनुभूत गर्न मिल्ने बताइएको छ । डा. समानीले जसरी नै यो यन्त्रले काम गरे पनि इमाको डिजाइन वास्तविक देखिन्छ । कम्प्युटरमा रोबोट जोड्नुको साटो यो किसेन्जर यन्त्र मोबाइल फोनको कभर आकारको रहेको छ । जसको तल सिलिकोन प्याड राखिएको छ ।
यसका लागि दुवै प्रयोगकर्ताले सिलिकोन प्याडमा ओँठ राखेर चुम्नु पर्ने हुन्छ ।
इमाले यो प्रेमी जोडीलाई लक्षित गरेर तयार गरिएको भए पनि आमा बाबुले आफ्ना छोराछोरीहरुलाई गालामा चुम्बन गर्नका लागि प्रयोग गर्न सकिने बताइन् । लभ एण्ड सेक्स विथ रोबोट नामक कन्फरेन्समा उनले यो यन्त्र प्रस्तुत गरेकी थिइन् ।
त्यहाँ उनले मानिसहरु अर्को व्यक्ति अन्ततः आर्टिफिसियल इन्टिलिजेन्स वा रोबोटसँग आत्मीय हुन थाल्ने दाबी गरिन् ।
इमाका अनुसार साँच्चिको चुम्बन जस्तै अनुभव दिलाउन भने यो यन्त्रमा अझै मिहिनेत गर्नुपर्छ । उनी र उनको टिम यसैमा काम गर्न लागिरहेको बताइन् । उनले किसेन्जरमा मानिसको गन्ध ल्याउन पनि प्रयास गरिरहेको बताइन् ।
स्रोत : गिज्मोडो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण