बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

कोइला खानी भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो

आइतबार, १७ पुस २०७३, १७ : ०५
आइतबार, १७ पुस २०७३

भारत - पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानीमा गत बिहीबार राति भत्किँदा भएको घटनामा परी मृत्यु हुनेृ व्यक्तिको सङ्ख्या १६ पुगेको छ । आइतबार विहानसम्म १६ व्यक्तिको शव निकालेको र बेपत्ता अन्य सात कामदारको उद्धारकार्य जारी रहेको पनि बताइएको छ । झारखण्ड राज्यको गोद्डा जिल्लामा भएका यस घटनामा वेपत्ता रहेका कोइला खानीका सात कामदारको पनि मृत्यु भएको आशङ्का गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कोइला मन्त्री पियुस गोयल, र झारखण्डका मुख्यमन्त्रीले घटनामा निधन भएका मजदूरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका आफन्तजनप्रति सहानुभूति प्रकट गरेका छन् । भारत कोइला उत्पादनको लागि विश्वमा नै तेसं्रो स्थानमा पर्ने राष्ट्रको रूपमा रहेको छ । आफ्नो देशमा आवश्यक रहेको कोइलाको ६० प्रतिशत भारतको उत्पादनले पुग्ने बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप