अब ट्याक्सी चढेको कम्प्युटर बिल पाइने
काठमाडौँ - सरकारले ट्याक्सी चढ्दा सर्वसाधारण नठगिऊन् भनेर आजदेखि काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली ९प्रिन्टर० जडान गर्ने कामको सुरुआत गरेको छ ।
उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले हाल सञ्चालनमा रहेका मिटरजडित ट्याक्सीमा अनिवार्य रुपमा कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयन गर्न तालिका बनाई जाँच पास गराउन सूचित गरेको छ । विभागले यसअघि नै मिटरमा प्रिन्टर जडान गरी ट्याक्सी टेम्पो एकाइ बालाजुबाट जाँच पास गराउन यही पुस ४ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आजदेखि ट्याक्सी मिटर नवीकरण/नामसारी गर्दासमेत अनिवार्य प्रिन्टरजडित मिटर मात्र नवीकरण/नामसारी गरिने महानिर्देशक विश्वबाबु पुडासैनीले राससलाई जानकारी दिए ।
ट्याक्सी सञ्चालकले हालको मिटरमा प्रिन्टर जडान गर्दा रु पाँच हजारदेखि आठ हजारसम्म खर्च लाग्ने अनुमान छ । विभागको आग्रहमा नेपाली बजारमा मागअनुसार कम्प्युटर बिलिङ प्रिन्टर उपलब्ध रहेको जानकारी दिँदै उनले भने, “कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गरे/नगरेका बारेमा संयन्त्र बनाई कडा अनुगमन गर्नेर्छौं, नियम नमान्नेलाई कानुनबमोजिम कारबाही हुन्छ ।”
विभागले ट्याक्सीमा मिटर जडान गरी जाँच गराउन तालिकासमेत बनाएको छ । सोअनुसार प्रत्येक हप्ता पाँच सय ट्याक्सीमा प्रिन्टर जडान गरेका बारेमा जाँच गरिने महानिर्देशक पुडासैनीले बताए । विभागले २०७४ साल साउन ७ गतेसम्म काठमाडौँ उपत्यकाका सबै ट्याक्सीमा मिटर जडान गरेका बारेमा जाँच गरिसकिने जनाएको छ ।
राजधानीमा सर्वसाधारणले ट्याक्सी भाडा महँगो भएको र ठगिने क्रम बढेको गुनासो गरेपछि मन्त्रालयले ट्याक्सी व्यवसायलाई व्यवस्थित गर्न सो नियम बनाई लागू गरेको हो । सर्वसाधारणले मिटरअनुसार ट्याक्सी चढ्न पाउनुप¥यो र ट्याक्सी सञ्चालकले पनि ट्याक्सी चलाएअनुसार पारिश्रमिक लिनुप¥यो भनेर यो नियम लागू गरिएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । मन्त्री जोशीले भने, “मुख्य कुरा उपभोक्ता जागरुक हुनुप¥यो, बोलकबोल गरेर भन्दा नियमले तोकेको मिटर अनुसारको भाडामा सर्वसाधारणले सहज रुपमा ट्याक्सी चढ्न पाऊन् भन्ने हाम्रो उद्देश्य हो ।”
ट्याक्सी सञ्चालकले सरकारको नियम सहजै कार्यान्वयन गर्लान् त भन्ने जिज्ञासामा उनले यसमा सरकारका साथै उपभोक्ताको पनि उत्तिकै जिम्मेवारी रहेको विचार व्यक्त गर्नुभयो । ट्याक्सीमा यो प्रणाली लागू भएपछि यसले एकातिर उपभोक्ताले आफू चढेको भाडाअनुसारको बिल पाई पारदर्शी कारोबार हुनेछ भने अर्कातिर कसैको सामान ट्याक्सीमा छुट्यो भने बिलका आधारमा खोज्न सहज हुने छ ।
कम्प्युटर बिलिङ प्रणाली ९प्रिन्टर०बाट आउने बिलमा उपभोक्ता चढ्दा र ओर्लँदाको मिटर नम्बर, तिर्नुपर्ने रकम, ट्याक्सीको नम्बरलगायत वितरण हुनेछ । यो प्रणाली लागू भएपछि मिटरमा बदमासी गर्ने र मिटरअनुसार ट्याक्सी चलाउन आनाकानी गर्ने प्रवृत्ति नियन्त्रण हुने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण