बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

देउवासँगको वार्ता पछि किन उत्साहित छन् प्रधानमन्त्री र मधेसी मोर्चा ?

आइतबार, १७ पुस २०७३, १७ : ५६
आइतबार, १७ पुस २०७३

काठमाडौ - संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पुस १५ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि मधेशी मोर्चा मात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उत्साहित भएका छन् । देउवालाई भेटेपछि त्यसको भोलीपल्ट प्रधानमन्त्री प्रचण्डलाई भेटेको मधेशी मोर्चाले सभापति देउवासँग भएका एक–एक कुरा सुनाएका थिए । पुस १२ गते बालुवाटारको बैठकमा चुनावको मिति घोषणा गर्न तम्सिएका देउवाले मधेशी मोर्चासँग एकाएक यस्तो कुरा गरेपछि प्रधानमन्त्री प्रचण्ड छक्क परेका छन् ।

मधेशी मोर्चासँग के भनेका थिए देउवाले ? –संशोधन प्रस्तावपछि मात्रै मिति घोषणा हुन्छ । –तपाईहरु बेकारमा आतिनुहुन्छ, संशोधन प्रस्ताव पासपछि मात्र चुनावको मिति घोषणा हुन्छ ढुक्क हुनुुस् –एमालेलाई मिलाउने सुत्र मसँग छ । –संशोधन प्रस्ताव र चुनाव सँगसँगै हुन्छ यस्तो भनेपछि मधेशी मोर्चाका दंग परेर त्यहीबाट फोन गरेर प्रधानमन्त्री प्रचण्डसँग समय लिएर पुस १६ गते प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । मधेशी मोर्चाका नेताहरुसँग प्रचण्डले अलि उत्सासहित हुँदै भने, ‘देउवाजीले त्यस्तो भनिसकेपछि मलाई संशोधन प्रस्ताव पास गराउन गाह्रो हुँदैन तर काँग्रेसमाथि अझै विश्वास गर्न सकिने अवस्था छैन ।’

मधेशी मोर्चाका नेताहरुसँग प्रधानमन्त्री प्रचण्डले खुलेर भने, ‘यसअघि पनि सभापति देउवासँग मेरो कुराकानी हुन्थ्यो तर यसरी संशोधन प्रस्तावप्रति कहिले सकारात्मक मैले पाएको थिइँन, उहाँको प्राथमिकतामा चुनाव नै हुन्थ्यो ।’

बैठकमा सहभागि तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले भने, ‘यदि संशोधन प्रस्ताव पारित गराउन काँग्रेसले सहयोग गर्यो भने आफू जसरी पनि त्यसलाई पारित गराउने कुरा प्रधानमन्त्रीजीले भन्नुभएको छ ।’

एमालेलाई मनाउने देउवा र प्रचण्डसँग आआफ्नै दाउ देउवा संशोधन प्रस्तावका कारण चुनाव ढिलो गराउने पक्षमा छैन । बरु एमालेसँग भिडेर भएपनि प्रस्ताव पारित गराउँदै तोकिएको समयमा चुनाव गराएर सरकारको नेतृत्व लिने हतारमा छन् ।

एमालेलाई मनाउने देउवाको सुत्र मधेशी मोर्चासँग भएको छलफलमा देउवाले एमालेलाई मिलाउने सुत्र आफूसँग रहेको भन्दै महाअभियोग प्रस्तावको विषयमा एमालेसँग कुरा हुन बताएका थिए । –एमालेको अगुवाईमा संसद सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गराउन काँग्रेसले बार्गेनिङ गर्नेछ । –महाअभियोगको बारेमा के गर्ने विषयमा काँग्रेसले अझै निर्णय गरेको छैन । – संशोधन प्रस्ताव पारित गराउन काँग्रेसले महाअभियोगलाई लिएर बार्गेनिङ्ग गर्नेछ –एमालेमा रहेका मधेशी नेताहरुसँग कुरा गरेर एमालेमाथि दबाब बढाउने छ ।

एमालेलाई मिलाउने प्रचण्डको सुत्र –महाअभियोग प्रस्ताव ल्याउने दलमध्येका माओवादी भएको कारणले त्यसमा बार्गेनिङ गर्न सक्दैन –चुनावका लागि हतार गरिरहेका एमालेसँग चुनावको मिति घोषणामा बार्गेनिङ हुनसक्छ –संशोधन प्रस्तावमा परिमार्जन गर्न सकिन्छ –अन्त्यमा, सहमति नभए प्रकृयामा जाने

प्रकृयामा नै जाने सम्भावना माओवादी केन्द्रका नेता गिरीराजामणी पोखरेलले पनि देखेका छन् । उनी भन्छन्, सहमतिका लागि– –प्याकेजमा सहमति गर्नुपर्छ –प्याकेजमा पनि सहमति भएन भने विधि र प्रकृयामा जानु पर्छ –विधि र प्रकृयाबाट आउने परिणामलाई सबैले स्वीकार गर्नुपर्छ माओवादी केन्द्रकी प्रवक्ता भन्छिन्, सविधान संशोधन प्रस्ताव संसदमा टेबल भएपछि त्यो पारित हुन्छ, दुई तिहाइ पुर्याएर नै पारित हुन्छ । प्रधानमन्त्री कार्यालयमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्ड कसैलाई चिढाउने पक्षमा नरहेको, आन्दोलनरत पक्ष र प्रतिपक्ष दुवैलाई मिलाएर प्रस्ताव पारित गराउने पक्ष रहेको बताइन् । सभामुख ओन्सारी धर्तीमगरले दिएको म्याद पनि आज सकिँदैछ, भोली बैठक बस्ने बेलासम्म सहमित जुटाउने प्रयास हुने बताउँदै उनले दलहरुको बीचमा कुरा नमिलेपछि सभामुख आफ्नो प्रकृयामा जाने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप