बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

कुवेतमा नेपालीबाट नेपालीकै छुरा हानी हत्या

सोमबार, १८ पुस २०७३, ०९ : २०
सोमबार, १८ पुस २०७३

कुवेत– कुवेतमा एक नेपालीको छुरा हानी हत्या भएको छ ।

कुवेतको अल यास्रा फूड सप्लायर्स कम्पनीमा कार्यरत राजेश ग्याबाले सोही कम्पनीमा कार्यरत मोरंग जिल्ला निवासी अन्दाजी २६ बर्षीय जीवनप्रसाद भट्टराईको हत्या गरेका हुन् ।

रसुवा जिल्ला घर भएका अन्दाजी ३२ बर्षीय राजेश ग्याबाले धारिलो हतियार (छुरा) प्रहार गरि आइतबार विहान हत्या गरेका अलयास्रा फूड सप्लायर्स कम्पनीमा कार्यरत नेपालीहरुले बताएका छन् ।

कुवेतको सुभान इण्ड्रिसट्रीज एरिया मिनिस्ट्री क्याम्पमा राजेश र भट्टराई एउटै कोठामा बस्दे आएका थिए । मृतकको शव पोष्टमार्टमका लागि पुलिसले लगेको छ भने संगै कोठामा बस्ने लालबहादुर बोहोरा र रामबाबु दमाइलाई नियन्त्रणमा लिएर सोधपुछ पछि छोडेको छ ।

हत्या अभियोग लागेका राजेश मानसिक रोगी भएको बताइए पनि हत्याको कारण भने खुल्न सकेको छैन । नेपाल फर्कन पटक–पटक कम्पनीसंग कुरा गरेपनि कम्पनीले पासपोर्ट नदिएपछि उनि घर फर्कन नसकेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप