उदयपुरमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
सोमबार, १८ पुस २०७३, ०९ : २६
उदयपुर– ट्याक्टरको ठक्करबाट उदयपुरमा एक बालकको मृत्यु भएको छ ।
शैक्षिक भ्रमणमा गएका वेला त्रियुगा नगरपालिका ५ का १२ बर्षिय वालक अभिनय भट्टराईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।
स्थानीय जनप्रेमी निमावि कक्षा ७ मा अध्ययनरत छात्र भट्राईको उपचारको क्रममा आईतबार राती ११ बजे भारतको सिलगडीमा मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।
त्रियुगा नगरपालिका २ स्थित शिवालय मन्दिरको अवलोकन गर्न आएका छात्र भट्टराईको ट्याक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओम बहादुर रानाले जानकारी दिए ।
डिएसपी रानाका अनुसार शिवालय मन्दिर नजिक आईतबार साढे एक बजे ना.५च ६९५४ नम्बरको ट्याक्टर र स ५ च २३४० नम्बरको मोटरसाईकल दुर्घटना हुदाँ वालक घाईते भएका थिए । दुर्घटनामा परेका ट्याक्टर र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण