धानको नयाँ मूल्य कायम
धनगढी - नेपाल खाद्य संस्थानले निर्धारण गरेको धानको खरिद मूल्यभन्दा बजार मूल्य बढी भएपछि संस्थानले पनि धानको खरिद मूल्य वृद्धि गरेको छ ।
नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयका निमित्त प्रमुख गङ्गादत्त पन्तले स्थानीय बजारमा धानको कारोबार गर्ने व्यापारीले मूल्य वृद्धि गरेपछि संस्थानले पनि साबिकको मूल्य संशोधन गरी वृद्धि गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहेको प्राथमिक खरिद समितिको बैठकको निर्णयबमोजिम धानको मूल्य बृद्धि गरिएको बताइएको छ । समितिले गत मङ्सिरमा प्रतिक्विन्टल मोटो धानको खरिद मूल्य रु एक हजार नौ सय ५० निर्धारण गरेकामा पछिल्लो पटक बसेको समितिको बैठकले यो मूल्य वृद्धि गरी प्रतिक्विन्टल रु दुई हजार एक सय कायम गरेको पन्तले बताए ।
“नयाँ खरिद मूल्य कायम भएको गएको दुई हप्तायता मात्रै ३१ हजार क्विन्टल धान खरिद हुन सकेको छ”, पन्तले भने —“यसअघि तोकिएको मूल्यमा जम्मा चार हजार क्विन्टल मात्र खरिद हुन सकेको थियो ।” यस वर्ष कैलाली जिल्लामा संस्थानको धान खरिद गर्ने कोटा ५० हजार क्विन्टल रहेको छ । संस्थानले गत आवमा ५७ हजार र अघिल्लो आवमा ७०हजार क्विन्टल धान खरिद गरेको थियो । जिल्लाको मोहनपुरका साथै भजनी, जोशीपुर, टीकापुर, नारायणपुर, सत्तीमा संस्थानले काँटा सञ्चालन गरी किसानको धान खरिद गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण