पत्रिका वर्गीकरणमा चित्त नबुझे पुनरवलोकन गर्न सकिने
काठमाडौँ - प्रेस काउन्सिल नेपाल, वितरण सम्परीक्षण समितिले सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरण प्रतिवेदनमा चित्त नबुझे पुनरवलोकन गर्न सकिने जनाएको छ ।
काउन्सिलले गरेको पत्रपत्रिका वर्गीकरणको परिणामप्रति चित्त नबुझे कारण खुलाई आफ्नो पायक पर्ने स्थानबाट तोकिएको दस्तुर तिरी पुनरवलोकन गर्न सकिने काउन्सिलले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
काउन्सिलले आव २०७१/७२ लागि ८३३ पत्रपत्रिकाको वर्गीकरण नतिजा सोमबार सार्वजनिक गरेको थियो । नतिजाप्रति आएका गुनासालाई सम्बोधन गर्न काउन्सिलले वर्ग कायम नभएका तथा वर्ग कायम भएका तर चित्त नबुझेकाहरुले सूचना प्रकाशन भएको २१ दिनभित्र आधार र प्रमाणसहित पुनर्याेगका लागि आवेदन दिन सकिने जनाइएको छ ।
पुनरवलोकनका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखा प्रेस काउन्सिल नेपालको खाता नं ३५६५७ र नेपाल राष्ट्र बैंक थापाथली शाखा, प्रेस काउन्सिल नेपालको खाता नं १२०६१३४००१०००५२४ मा रु एक हजारसहित आवेदन दिन सकिने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण