स्वास्थ्य मन्त्रालयको दरबन्दीबारे जानकारी छैन : स्वास्थ्यमन्त्री थापा
काठमाडौँ - स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो मन्त्रालयअन्तर्गत कति दरबन्दी छ भन्ने जानकारी हालसम्म थाहा नभएको बताएका छन् ।
ग्रीनतारा नामक गैरसरकारी संस्थाद्वारा तयार पारिएको स्वास्थ्य प्रवद्र्धनसम्बन्धी प्रतिवेदन आज सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री थापाले मन्त्रालयअन्तर्गत चिकित्सक, जनस्वास्थ्यकर्मी, अहेब, नर्स, प्यारामेडिसियन, प्रयोगशालामा काम गर्ने प्राविधिकलगायत प्राविधिक जनशक्ति एवम् अन्य जनशक्तिको दरबन्दी सङ्ख्या र ती दरबन्दीमा को कुन स्थानमा काम गर्छन् भन्ने अझसम्म जानकारी पाउन नसकिएको स्पष्ट गरे ।
उनले भने – “मैले मन्त्री पद सम्हालेको पाँच महिना पूरा भइसकेको छ । आजका मितिसम्म मैले मन्त्रालयअन्तर्गत कुन निकायमा कति दरबन्दी छ, ती दरबन्दीमा को को काम गरिरहेका छन् जानकारी पाएको छैन ।”
आफूले दुई महिना अगाडि सोलुखुम्बुको सोताङ प्राथमिक चौकीको निरीक्षण गर्न पुग्दा हाजिरकापीमा दुई चिकित्सकले हाजिरी गरेको देखिएको बताउँदै भने – “ती चिकित्सक (उहाँहरु) कहाँ हुनुहुन्छ भन्ने कुरा मैले जानकारी पाइन, मन्त्रालयमा बुझ्दा त एक जना तालिम शीर्षकमा तालिममा हुनुहुँदोरहेछ, एक जनाको हुनुहुँदोरहेछ अझै अत्तोपत्तो छैन ।”
आफूले सेवा नदिने तर पद ओगटेर बस्ने कर्मचारीलाई कि काम कि पद छाड्न विकल्प दिइएको जानकारी दिनुभयो । सो संस्थाले एक वर्षमा स्वास्थ्यकर्मीले ९६ दिन मात्र सेवा दिने गरेको पाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण