बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो

बुधबार, ०३ असार २०८३, २२ : ४२
बुधबार, ०३ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को पहिलो खेलमा पोर्चुगलले डिमोक्रेटिक रिपब्लिक अफ (डीआर) कंगोको सामना गर्दैछ ।
  • यस खेलमा गोल गरेमा क्रिस्टियानो रोनाल्डो विश्वकपका छ वटा फरक संस्करणमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी बन्नेछन् ।
  • पोर्चुगलले रोनाल्डोको अनुभव, नेतृत्व र गोल गर्ने क्षमतामाथि ठुलो भरोसा राखेको छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा पोर्चुगलले डिमोक्रेटिक रिपब्लिक अफ (डीआर) कंगोको सामना गर्दैछ ।

अमेरिकाको ह्युस्टनमा हुने यो खेल नेपाली समय अनुसार आज बुधबार राति १०ः४५ बजे सुरु हुँदै छ । 

यस खेलसँगै विश्वकै नजर पुनः एकपटक पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोमाथि रहने भएको छ ।

४१ वर्षको उमेरमा पनि फुटबल मैदानमा उमेरलाई केवल अङ्कमा सीमित राख्दै रोनाल्डोले सबैको अपेक्षालाई गलत साबित गरिरहेका छन् । उनले आफ्नो खेल जीवनमा अर्को एउटा सुनौलो र अविश्वसनीय अध्याय थप्ने अवसरका साथ यस प्रतियोगितामा प्रवेश गरेका छन् । 

कंगो विरुद्धको यो खेल रोनाल्डोका लागि विशेष र ऐतिहासिक बन्न सक्छ । यदि यस खेलमा गोल गरेमा उनी विश्वकपका छ वटा फरक–फरक संस्करणमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी बन्नेछन् । यसअघि उनले सन् २००६, २०१०, २०१४, २०१८ र २०२२ गरी पाँचवटा विश्वकपमा सहभागिता जनाउँदै गोल गरिसकेका छन् । 

समूह 'के' मा बलियो सुरुवात गर्ने लक्ष्य राखेको पोर्चुगलले रोनाल्डोको लामो अनुभव, कुशल नेतृत्व र गोल गर्ने अद्वितीय क्षमतामाथि ठुलो भरोसा राखेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप