संसदीय सुनुवाइका लागि दुई न्यायाधीशको नाम सार्वजनिक
बिहीबार, २१ पुस २०७३, १७ : २४
काठमाडौँ - सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका दुई मुख्य न्यायाधीशका सम्बन्धमा संसदीय सुनुवाइ हुने भएको छ ।
संसदीय सुनुवाइ विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकले संविधानको धारा १२९ बमोजिम उच्च अदालत विराटनगर र पोखराका मुख्य न्यायाधीशद्वय क्रमशः तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीका सम्बन्धमा संसदीय सुनुवाइका लागि आमसञ्चारमार्फत सार्वजनिक गर्ने निर्णय गरेको सभापति कुलबहादुर गुरुङले जानकारी दिए ।
“आमसञ्चारमार्फत न्यायाधीशद्वयको बिरुद्धमा उजुरी दिने समय १० दिन तोकिएको छ, १० दिनपछि आएका उजुरीमाथि छलफल गरी निर्णय गरिनेछ”– उनले भने ।
न्याय परिषद्ले यही पुस १८ गते न्यायाधीशद्वय केसी र भण्डारीको नाम सो समितिमा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण