‘तिमी मेरो भ्यालेन्टाइन हुनु’ भन्दै रमाए मुना र शिवराज
काठमाडौं –
यो मनले तिमीलाई रोज्नु
तिमी मेरो भ्यालेन्टाइन हुनु
तिमी मेरो भ्यालेन्टाइन हुनु ।
निजिकै गरेको भ्यालेन्टाईन डेलाई मध्यनजर गरेर प्रेममय गीतहरु सार्वजनिक गर्न क्रम बढ्न थालेका छन् । यस्तैमा संगीतकार तथा गायिका रेखा पौडेलको स्वरमा रहेको ‘तिमी मेरो भ्यालेन्टाइन हुनु’ बोलको गीत भिडियो सहति सार्वजनिक भएको छ ।
युवा गजलकार सुजन ‘अनिमेष’अधिकारीको शब्द रहेको गीतलाई रेखासँगै धिरज भन्डारीले पनि स्वर दिएका छन् । ‘प्रेमिल गिटार’ एल्बममा समाबेश यस गीतमा रेखा पौडेलको संगीत तथा सन्तोष प्रगाढको एरेन्ज रहेको छ ।
जापानको रमणिय स्थानमा छायांकन गरिएको भिडियोमा मोडल मुना सिटौला र शिवराज भट्टराईको अभिनय देख्न सकिन्छ । जापानमा नै बसेर मोडल क्षेत्रमा लागेकी मुना सिटौलाले यसै भिडियो मार्फत मोडलिङमा डेब्यु गरेकी हुन् । भिडियो जापानमै बसेका रोसन कार्कीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण