बार्सिलोना र रियलको ३९ खेलको अपराजित यात्रा : कसको उत्कृष्ट ?
काठमाडौँ – बार्सिलोना र रियल म्याड्रिड चिर प्रतिद्वन्द्वी हुन् । सायद त्यही भएर होला एउटा टोलीले बनाएको किर्तिमान तोड्न अर्को टोलीको होडबाजी हुन्छ ।
सन् २०१५–१६ मा क्याटालान क्लबले ३९ खेल अपराजित रहेर किर्तिमान बनायो । सन् २०१५ को अक्टोबरमा सेभियासँग २–१ ले पराजित भएपछि गत अप्रिलमा मात्र बार्सिलोना एल क्लासिकोमा रियलसँगै हारेको थियो ।
रियलले बार्सिलोनाको अपराजित यात्रा अन्त्य गरेपछि अर्को खेलमा वुल्फसबर्गसँग २–० ले पराजित भयो । त्यसयता भने रियल हारेको छैन । गत खेलमा ग्रानाडालाई पराजित गर्दै रियलले बार्सिलोनाको किर्तिमानलाई बराबरी गर्यो ।
कस्तो रह्यो त दुई टोलीको अपराजित यात्रा अंकमा हेरौँ :
आफ्ना अपराजित ३९ खेलमा बार्सिलोनाले ३२ मा जीत तथा ७ मा बराबरी गर्यो । यता, रियलले ३० मा जीत र ९ मा बराबरी गरेको छ ।
त्यस्तै गोल संख्यामा बार्सिलोनाले १२२ गोल गर्न सक्यो भने रियलले ११२ गोल गरेको छ । गोल खाएको संख्यामा पनि बार्सिलोनाले रियलको तुलनामा कम गोल खाएको छ । बार्साले २३ गोल खाएकोमा जिनेदिन जिदानको टोलीले ३६ गोल खाएको छ ।
त्यस्तै लुइस एनरिकेको टोलीले १९ खेलमा गोल खाएन भने रियलले १४ खेलमा गोल खाएको छैन ।
तर, रियलका लागि २२ खेलाडीले गोल गरे भने बार्सिलोनाका लागि १२ खेलाडीले मात्र गोल गरे । यसले रियलको टोलीको डेप्थलाई दर्साउँछ ।
रियलको यो यात्रा २७६ दिन लामो छ भने बार्सिलोनाको १८२ दिन रह्यो । तर, यसमा रियलले दुई सिजनको अन्तरालमा यो किर्तिमान बनाएको हो ।
रियलको यात्रामा लुकास भाजक्वेजले सर्वाधिक ३२ खेल खेले भने बार्साका लागि र्याकिटिचले ३४ खेल खेले ।
बार्साका लागि लुइस सुवारेजले ३७ गोल गरे भने रियलका लागि रोनाल्डोले २६ गोल गरे ।
रोचक कुरा यस किर्तिमानको क्रममा रियलको बिबिसी, गेराथ बेल, बेन्जेमा र रोनाल्डोले ४५.५ प्रतिशत गोल गरेका छन् तर, उता बार्सिलोका लागि एमएस एन, मेस्सी, नेयकार र सुवारेजले ७४.६ प्रतिशत गोल गरे ।
अब, बिहिबार सेभियासँग हुने कोपा डेल रेको दोस्रो चरणको खेलमा रियलसँग यो कर्तिमान उछिन्दै ४० खेलको अपराजित यात्रा बनाउने अवसर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा विचार र दर्शन संकुचित हुँदै सामाजिक सञ्जालमा खुम्चियो : ज्ञवाली
-
बुबाको हत्यादेखि विश्वकपको गोलसम्म
-
रसायनिक मलको परनिर्भरता कम गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
-
१० प्रतिशत निःशुल्क शैया व्यवस्थापन सम्बन्धी निर्देशिकाप्रति अफिनको आपत्ति
-
श्रम संस्कृति पार्टीका सांसदद्वारा बेल घेराउ, सभामुखले गराए सचेत
-
रास्वपा महाधिवेशनमा चितवन पुग्ने प्रतिनिधि र पर्यवेक्षकलाई आवासमा २५ प्रतिशत र पेयपदार्थमा १० प्रतिशत छुट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण