उद्योग मन्त्रीलाई रास्वपा सांसदको प्रश्न : रुग्ण उद्योग कहिले सञ्चालनमा आउँछ ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उद्योग मन्त्री गौरीकुमारीलाई रुग्ण उद्योग कहिले सञ्चालनमा आउने भन्दै प्रश्न गरेका छन् ।
- सांसद आशिष गजुरेलले रुग्ण उद्योगको अध्ययन र मोडालिटी बनाउने कुरा जनतालाई दिक्क लाग्न थालेको भन्दै स्पष्ट कार्ययोजना मागेका छन् ।
- उद्योग मन्त्रीले सरकारी रुग्ण उद्योग पीपीपी मोडलमा सञ्चालन गर्ने र हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने बताएकी छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारीलाई रुग्ण उद्योगका विषयमा प्रश्न गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफपछि सांसदहरूले यस्तो प्रश्न गरेका छन् ।
उद्योग मन्त्रीलाई सांसद आशिष गजुरेलले रुग्ण कुन उद्योग कहिले सञ्चालनमा आउने भन्दै प्रश्न गरे । उनले विगतका सरकारले जस्तै यो सरकारले पनि रुग्ण उद्योगलाई अध्ययन गर्ने र मोडालिटी बनाउने भन्ने मात्रै आएको भन्दै स्पष्ट कार्ययोजना माग गरे ।
सांसद आशिष गजुरेलले सरकारले रुग्ण उद्योगको अध्ययन गर्ने र मोडालिटी बनाउने भन्ने कुरा जनतालाई सुन्दा दिक्क मान्न लागेको भन्दै कहिले कुन उद्योग सञ्चालनमा आउने बारे जानकारी माग गरे ।
उद्योग मन्त्री कुमारीले सरकारी रुग्ण उद्योगहरू पीपीपी मोडलमा सञ्चालनमा ल्याउने बताइन् । उनले सबैभन्दा पहिला रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने जानकारी दिइन् । बुटवल धागो, कपास र हेटौँडा कपडा उद्योग यो वर्ष नै सञ्चालनमा आउने जानकारी दिइन् ।
त्यस्तै, सांसद विदुषी राणाले औद्योगिक प्रवर्द्धन तथा लगानी सहजीकरणका सम्बन्धमा सरकार र निजी क्षेत्रबिच नियमित संवाद तथा समन्वय संयन्त्र कहिलेदेखि सञ्चालनमा ल्याइन्छ, र त्यसका लागि मन्त्रालयले के–कस्ता ठोस पहलहरू गरेको छ ? भन्दै प्रश्न गरिन् ।
त्यस्तै, सांसद राणाले चिया, कफी डेरी र फुटवेयर उद्योगीसँग अन्तरक्रिया गर्ने भनिएको छ ।
अन्तरक्रियामा मात्र सीमित नभई स्वदेशी तथा अन्य उत्पादनमूलक उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक संरक्षण, पुँजीगत सहुलियत तथा प्रोत्साहनसम्बन्धी ठोस नीतिहरू कहिलेदेखि कार्यान्वयनमा ल्याइन्छ ? यस्ता दुई प्रश्न गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
-
एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
-
रुसमाथि पुनः तेल प्रतिबन्ध लगाइने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण