एचआइभी एड्स सङ्क्रमितको मृत्युदर बढ्यो
मोरङ - नयाँ एचआइभी एड्स सङ्क्रमितको दर घटे पनि मृत्युदर भने बढेको पाइएको छ ।
स्पर्श नेपाल, विराटनगरले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
राष्ट्रिय एचआइभी एड्स महासङ्घका अध्यक्ष अच्युत सिटौलाले सन् २०१५ सम्ममा देशभरि ४० हजार एचआइभी सङ्क्रमित रहेको जानकारी दिए । सचेतनाका कारण प्रत्येक वर्ष ०.२ प्रतिशतको दरले एचआइभी सङ्क्रमित घट्दै गएको उनको भनाइ छ ।
एचआइभी सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि मृत्युदुर भने बढेको अध्यक्ष सिटौलाले बताए। उनका अनुसार देशभरि प्रत्येक वर्ष दुई हजार ३०० को सङ्ख्यामा एचआइभी सङ्क्रमितको मृत्यु हुने गरेको छ । एचआइभी सङ्क्रमित समाजमा खुल्न नचाहेको र नियमितरुपमा औषधि सेवन नगर्दा चाँडै मृत्यु हुने गरेको अध्यक्ष सिटौलाले बताए ।
राष्ट्रिय एचआइभी एड्स महासङ्घले गरेको सर्वेक्षण अनुसार देशभरि ४० हजार एचआइभी सङ्क्रमित भएपनि नियमितरुपमा १३ हजार देखि १४ हजार जनाले मात्र औषधि सेवन गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण