औषधी व्यवसायीद्वारा खाद्यान्न तथा कपडा वितरण
मङ्गलबार, २६ पुस २०७३, ०५ : १२
पोखरा - औषधी थोक व्यवसायी गण्डकीले सोमवार पोखराको टुटुङ्गामा रहेको पोखरा आरोग्य आश्रममा रहेका कुष्ठरोगीहरुलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको छ ।
संघको ११ औं वार्षिकोत्सवको अवसरमा अवसरमा संस्थाले खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो ।
सो अवसरमा संस्थाले आश्रममा रहेका १३ जना कुष्ठरोगीहरुलाई ४० हजार वरावरको खाद्यान्न र लत्ता कपडा वितरण गरेको संस्थाका निवर्तमान अध्यक्ष श्रीराम पराजुलीले जानकारी दिएका छन् ।
रुपाकोटमा अस्थायी प्रहरी चौकी स्थापना
यता कास्कीको रुपाकोट गाविसमा सोमवार अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । रुपाकोट पोखरा सम्पर्क मञ्चको सक्रियता एवं जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा सो चौकी स्थापना गरिएको हो ।
चौकीमा असई सहित ६ जना प्रहरी रहेको रुपाकोट पोखरा सम्पर्क मञ्चका अध्यक्ष खेम गुरुङले जानकरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
-
लैङ्गिक हिंसाविरुद्ध एकीकृत कानुन बन्दै, मानव बेचबिखन नियन्त्रण ऐन संशोधन हुने
-
शहिद परिवारका १६ जनालाई प्राधिकरणमा रोजगारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण