ठूलो दुर्घटनाबाट जोगियो पृथ्वी : चन्द्रमाभन्दा आधा नजिकबाट गुज्रियो उल्कापिण्ड
लण्डन – १० तला अग्लो भवनजत्रो ठूलो अकार भएको एउटा उल्कापिण्डसँग पृथ्वी ठोक्किनबाट जोगिएको छ । वैज्ञानिकहरुका अनुसार सो उल्कापिण्ड चन्द्रमा र पृथ्वीको दुरीभन्दा आधा नजिकबाट गुज्रिएको थियो ।
रोचककुरा, डेली मेलमा प्रकाशित समाचारका अनुसार २०१७ एजी१३ नाम दिइएको उक्त उल्कापिण्डलाई एरिजोना विश्वविद्यालयको क्याटालिना स्काई सर्भेका वैज्ञानिकहरुले शनिबार मात्र देखेका थिए ।
पृथ्वीको निकै नजिकबाट गुज्रिएको उल्कापिण्डको आकार ५० देखि १११ फिट लामो भएको र १६ किलोमिटर प्रतिसेकेण्डको रफ्तारमा कुदिरहेको अध्ययनकर्ताहरुले बताएका छन् ।
वैज्ञानिकहरुका अनुसार यो उल्कापिण्डको कक्षले पृथ्वी र शुक्र ग्रहको कक्षलाई भेट्ने गरेको छ ।
सन् २०१३ मा रसियाको चेल्याबिन्सकमा खसेको उल्कापिण्डको आकार र अहिलेको उल्कापिण्डको आकार उत्रै रहेको बताइएको छ ।
उक्त घटनामा एक हजारभन्दा बढी घाइते भएका थिए ।
अब यो उल्कापिण्ड सन् २०१७ को डिसेम्बर २८ मा पृथ्वीको नजिक आइपुग्नेछ ।
जनवरीमा महिनामा मात्र यस्ता ३८ वटा उल्कापिण्ड पृथ्वीको नजिक भएर गुज्रनेछन् ।
वैज्ञानिकहरुले लामो समयदेखि पृथ्वीसँग ठोक्किन सक्ने उल्कापिण्डलाई रोक्ने उपायको बारेमा अध्ययन गरिरहेका छन् । ह्वाइट हाउसले यसबारे एक दस्तावेजनै सार्वजनिक गरिसकेको छ ।
यस विषयमा आधारित भएर विभिन्न चलचित्रहरुसमेत बनिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
-
लैङ्गिक हिंसाविरुद्ध एकीकृत कानुन बन्दै, मानव बेचबिखन नियन्त्रण ऐन संशोधन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण