आम्दाको विषयमा छानबिन गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
शनिबार, ०१ माघ २०७३, ०९ : १५
रुपन्देही - स्वास्थ्यमन्त्री गगन थापाले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा स्थानीयवासीले विभिन्न माग राखी दिएको ध्यानाकर्षण पत्रका सम्बन्धमा तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।
स्थानीयवासीद्वरा गठित उपभोक्ता सरोकार समिति बुटवल–९ दीपनगरले चारसूत्रीय मागसहित अस्पताल निर्देशक डा विनोद पराजुलीलाई शुक्रबार ज्ञापनपत्र बुझाएका हो ।
ज्ञापनपत्रमा २०५३ सालमा स्थापना गर्दा अस्पतालले लिएका उद्देश्य तथा कार्यक्रम लागू नगर्नुका कारण सार्वजनिक गर्नुपर्ने, स्थानीय व्यवस्थापन समितिलाई सम्पूर्ण सञ्चालन– व्यवस्थापनको जिम्मेवारी दिनुपर्ने र व्यवस्थापन समितिमा वडा प्रमुखलाई सदस्यमा राख्नुपर्ने उल्लेख छ ।
वडावासीलाई उपचारमा ५० प्रतिशत छुट दिनुपर्ने माग पनि गरिएको छ । आम्दा अस्पताल २०७३ सालदेखि सुरु भएको हो । हाल १०० श्ययाको अस्पताललाई सरकारले १० बिघा जग्गा उपलब्ध गराएको छ ।
सरकारले गरेको सहयोग र संस्थाको उद्देश्यअनुसार झापा तथा अन्य स्थानमा अस्पतालको स्तरोन्नति भए पनि बुटवलमा नभएको आरोप सरोकार समितिका सदस्य प्रकाश पाठकले लगाए । आम्दा अस्पताल बुटवलका प्रशासन प्रमुख ध्रुव श्रेष्ठले स्तरवृद्धि अहिले आवश्यक नभएको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण