बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुपोषण न्युनीकरणको नयाँ रणनीति

शनिबार, ०१ माघ २०७३, ०९ : ५१
शनिबार, ०१ माघ २०७३
पोखरा - स्वास्थ्यमन्त्री गगन थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरोकार सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताएका छन् । बाल स्वास्थ्य महाशाखाद्वारा पोखरामा आयोजित दुईदिने राष्ट्रिय पोषण गोष्ठीको समापन समारोहमा थापाले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयको नेतृत्वमा अन्य सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए । निर्वाचन क्षेत्रमा स्वास्थ्यचौकी निर्माण, खानेपानी, सडकलगायत भौतिक निर्माण जस्तै खोपसँगै पोषण कार्यक्रमलाई पनि तल्लो तहसम्म पु¥याउनका लागि जनप्रतिनिधिसँग सहकार्य गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने मन्त्री थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप