जिब्रोको रङले थाहा पाउनुस् कति स्वस्थ हुनुहुन्छ तपाईं
स्वास्थ्यसँग जोडिएका थुप्रै संकेत हामीले जिब्रोमार्फत पाउने गर्छौं । जब हामी डाक्टरकोमा जान्छौं तब उनीहरुले हाम्रो जिब्रो हेरेर हामी स्वस्थ भए नभएको थाहा पाउँछन् । डा. नम्रता दुबेले हामीलाई स्वस्थ जिब्रोको पहिचान गर्ने ९ संकेतबारे जानकारी दिएकी छिन् ।
स्वस्थ जिब्रोः
स्वस्थ जिब्रो हल्का गुलाबी, ओसिलो र दाग धब्बारहित हुन्छ ।
जिब्रोमा सेतो मोटो पत्रः
खराब पाचन क्रिया, एसिडिटी र कमजोरीको संकेत हो । भाइरल इन्फेक्सन पनि हुनसक्छ ।
जिब्रोमा मोटो पहेंलो पत्रः
चिसो, भाइरल इन्फेक्सन वा शरिरभित्र अत्यधिक गर्मीको संकेत । आन्द्रामा समस्या र पाचनमा समस्याको संकेत ।
चम्किलो रातो जिब्रोः
ज्वरो, रगतमा तातो वा इन्फेक्सनको संकेत । आन्तरिक चोट र इन्फेक्सनको संकेत पनि हुनसक्छ ।
हल्का पहेंलो जिब्रोः
रगतको कमी, जन्डिस, कमजोरी, आन्द्रा सुन्निनु, निन्द्राको कमी, थकानको संकेत हो ।
बैजनी, निलो रंगको जिब्रोः
भिटामिन बी–टुको कमी, शरिरमा दुखाई र सुन्निनु, महिलामा निकै कष्टपूर्ण महिनावारीको संकेत हो । औषधीको साइड इफेक्ट पनि हुनसक्छ ।
जिब्रोको अगाडिको भाग रातो हुनुः
शरिरमा कमजोरीका साथै मानसिक समस्याको संकेत पनि हो । महिलामा महिनावारी रोकिने संकेत पनि हो ।
जिब्रोको दुबै किनारा धेरै रातो हुनुः
आन्द्राको समस्याको संकेत
जिब्रोमा सेतो दागः
शरिरमा थुप्रै प्रकारको संक्रमणको संकेत । धेरै पसिना आएको पनि संकेत ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण