बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ययसरी गरौँ सुक्खा र चिल्लो छालाको सुरक्षा

आइतबार, ०२ माघ २०७३, १२ : ४४
आइतबार, ०२ माघ २०७३
मेकअप नारीको सौन्दर्यको महत्वपूर्ण पाटो हो । अधिकांश नारी सामान्य या विशेष जस्तो भए पनि कुनै न कुनै मेकअप गरेकै हुन्छन् । तर, मेकअप मौसमअनुसार फरक गर्नुपर्ने हुन सक्छ । यसैगरी छालाअनुसार मेकअपका साधन नै फरक प्रयोग गर्नुपर्ने हुन्छ । जाडोमा सुक्खा र चिल्लो छालामा कसरी मेकअप गर्ने र यस्तो छालाको सुरक्षा घरमै कसरी गर्ने भन्नेबारे ब्युटिसियन सुनिता विष्टले टिप्स दिएकी छिन्ः सुक्खा अनुहार अनुहारको छाला सुक्खा छ भने सुरुमा क्लिन्जिङ मिल्कले राम्रोसँग सफा गर्नुहोस् । यसो गर्दा छालामा रहेको फोहोर राम्रोसँग बाहिर निस्किने मात्रै होइन, छाला नै मुलायम बन्छ । क्लिन्जिङपछि सुक्खा छालामा टोनर लगाउनु अत्यावश्यक हुन्छ । टोनरले छालाको पिएच ब्यालेन्सलाई कायम राख्छ । यसपछि डिप मोस्चराइजिङ क्रिम प्रयोग गर्नुहोस् । यसपछि सन क्रिम प्रयोग गरेर मोस्चराइजिङ पाउडर प्रयोग गर्नु पनि राम्रो मानिन्छ । गाजल लगाउँदा सकेसम्म वाटरप्रुफ नै रोज्नु राम्रो  हुन्छ । तर, डस्ट पाउडर भने प्रयोग गर्नु हुँदैन । चिल्लो अनुहार अनुहारको छाला चिल्लो प्रकृतिको छ भने मेकअप गर्दा सुक्खा अनुहारभन्दा फरक नियम पालना गर्नुपर्छ । सुरुमा आयली फ्री क्लिन्जिङले अनुहार सफा गर्नुहोस्, यसले चिल्लोपन कम गराइदिन्छ । क्लिन्जिङ गरेपछि टोनर लगाउनुहोस् र सन क्रिम प्रयोग गर्नुहोस् । यस्तो छालामा मेकअप गर्दा बेस पनि चिल्लो अनुहारकै लागि भनेर बनेको पाइन्छ । यस्तो छालाको मेकअपमा डस्ट पाउडर लगाउनु राम्रो हुन्छ । किनभने, यो पाउडरले छालाको चिल्लो कम गराइदिन्छ । गालज भने वाटरप्रुफ नै ठीक हुन्छ । घरमै हेरचाह अनुहारको छाला चिल्लो हुनेका लागि भने गोलभेँडाको भित्री भाग र कागतीको रसको लेप लगाउनु लाभदायी हुन्छ । यो लेप अनुहारमा लगाएर सुक्न दिने । सुकेपछि मनतातो पानी लगाउँदै हल्का रगडेर सफा हुने गरी धुने । यसो गर्दा चिल्लो कम हुनुका साथै अनुहारमा रहेको दाग–धब्बा पनि हराएर जान्छ । यो प्याक पनि राति सुत्नुअघि प्रयोग गर्नु नै राम्रो हुन्छ । सुत्नुअघि अनुहारको छाला सुक्खा भएकाले राति सुत्नुअघि मनतातो पानीले मुख धोएपछि मह, मदामको तेल र चिनीको बराबर मात्रा मिलाएर बनाएको लेप लगाउनु राम्रो हुन्छ । यो लेपलाई पूरै अनुहारमा लगाएर १० मिनेटसम्म रहन दिई हल्का रगडेर मनतातो पानीले धुनुहोस् । यसो गर्दा छालामा रहेको सुक्खापन कम हुनुका साथै दाग भए पनि कम हुँदै जान्छन् । नोटः जुनकुनै प्रकृतिको छालामा पनि वाटरप्रुफ मेकअप गर्ने हो भने बेस पनि वाटरप्रुफ नै उपलब्ध छ । सामान्य मेकअपका लागि भने सामान्य खालकै बेस पाइन्छ । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप