बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिस्टेरियावारे जानौँ यी कुरा  

आइतबार, ०२ माघ २०७३, १३ : ०१
आइतबार, ०२ माघ २०७३

किन हुन्छ समस्या ? बच्चा छँदा अत्यधिक माया पाउनु, अनुशासनमा नबस्नु, स्वार्थी स्वभाव, मादक तथा उत्तेजक पदार्थ सेवन गर्नु, कामुक चिन्तनमा रहनु, परिवारमा शोक सन्देश आउनु या प्रिय व्यक्तिको मृत्यु हुनुजस्ता कुराको प्रभावले मान्छेलाई हिस्टेरिया र रुपान्तरण विकारको समस्यामा पुर्‍याउन सक्छ ।

कसैलाई भने यौनसँग जोडिएर पनि यस्तो समस्या आउन सक्छ, जसलाई कामोन्माद भनिन्छ । तर, सामान्य हिस्टेरिया र रूपान्तरण विकार र कामोन्माद फरक प्रकारले देखा पर्छ । कामोन्माद पनि एक प्रकारको हिस्टेरिया र रूपान्तरण विकार हो । यो रोग लागेका व्यक्तिको मनमा तीव्र यौनेच्छा जागेको हुन्छ । सामान्यतया यो रोग युवा अवस्थामा लाग्ने गर्छ ।

कामोन्माद रोगको मुख्य कारण सेक्सुअल हार्माेन अत्यधिक वृद्धि हुनु हो ।

रोगका लक्षण

यस्ता रोगीको स्वभाव धेरै विचित्रको हुन्छ । रोगीको मनमा अरू मानिसप्रति रिस, सन्देह, आवेग तथा वितृष्णा रहिरहन्छ । टाउको, छाती, कम्मर तथा मेरुदण्डको हड्डीमा दुखाइ बढ्ने, काँधको मांसपेशी दुख्नु, कुनै मांसपेशी चेतनाशून्य हुनुु, बोल्ने शक्ति नाश हुँदै जानु नै यसका लक्षणहरू हुन् । रोगको सुरुवाती क्रममा वायुको सानो डल्लो पेटबाट बिस्तारै माथितिर बढ्दै जान्छ र घाँटीसम्म पुग्छ । यसले गर्दा श्वास फेर्न कठिन हुन्छ, अचानक पिसाब बन्द हुन्छ, टाउको दुख्न थाल्छ, साथै ज्यादै बाडुली पनि लाग्न थाल्छ ।

रोगीलाई आफ्नो घाँटीमा केही अड्केको भान हुन्छ अनि जोडले सास फेर्न थाल्छ । वायुको अत्यधिकताका कारण रोगीको पेट फुुल्न थाल्छ, कतिपय रोगीको स्वर नै बन्द हुन्छ । यो रोग प्रायः दुखाइको रूपबाट सुरु हुन्छ । जसका कारण हातखुट्टा अत्यधिक दुुख्ने तथा झमझमाउने हुन्छ, अनि शरीर धनुष आकारमा बांगिन थाल्छ ।

केही रोगीको आँखा पनि माथितिर ढल्किन्छ र सेतो भाग मात्र देखिन थाल्छ । रोगी चाहेर पनि केही बोल्न नसक्ने अवस्थामा हुन्छ । त्यसपछि रोगी मुर्छा पनि हुन सक्छ । ज्यादै चिच्याउने वा रुने हुन्छ । कोही अत्यधिक हाँस्न पनि सक्छ । कहिले त रोगी आवेशमा आएर हिंस्रक कार्य पनि गर्न थाल्छ । यस्तो वेला उसको मनोवेग ज्यादै उग्र भएर जो–कोही व्यक्तिलाई पिट्ने, चिथोर्ने तथा कपडा च्यात्न थाल्छ ।

वंशाणुगत सर्न सक्छ

यो एक आनुवंशिक रोग पनि हो । यदि आमाबुबा वा परिवारका अन्य अग्रजमा यो रोग छ भने सन्तानमा सर्ने सम्भावना हुन्छ । यस्ता रोगी अचानक मुर्छा हुँदैन, बिस्तारै सम्हालेर लड्छ, ताकि उसलाई चोट नलागोस् । रोगीले दाह्रा किट्दैन, बरबराइरहन्छ । अरू मानिसको कुनै कुराले उसलाई विशेष प्रभाव पार्दैन ।

नयाँ पत्रिकाबाट

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप