इन्डोस्कोपिक सर्जरीवारे थाहा पाउनुहोस् ६ तथ्य
शल्यचिकित्सा क्षेत्रको प्रगति दु्रत गतिमा भइरहेको छ । टाउकोमा हिर्काएर बेहोस गराई अप्रेसन गर्ने अवस्थाबाट सुरु भएको अभियान कम्प्युटरअगाडि बसेर तथा रोबोटको सहयोग लिएर सहज तरिकाले अप्रेसन गर्ने अवस्थासम्म आइपुगेको छ ।
त्यसैले त आधुनिक युगलाई इन्डोस्कोपिक सर्जरीको युग पनि भन्न थालिएको छ ।
इन्डोस्कोपिक सर्जरीबारे प्रा.डा. पदमराज पन्त भन्छन्ः
१. दूरबिनको सहायताले गरिने शल्यक्रियालाई इन्डोस्कोपिक सर्जरी भनिन्छ । दूरबिनको सहायताले गरिने अंगको अप्रेसनअनुसार यसका नाम पनि फरक छन् । जस्तैः पेटभित्र दूरबिनको सहायताले गरिने शल्यक्रियालाई ल्यापरोस्कोपी, पाठेघरको शल्यक्रियालाई हिस्टेरोस्कोपी, घा“टीकोलाई ल्यारिंगोस्कोपी र जोर्नीकोलाई आथ्र्रोस्कोपी भनिन्छ ।
२. सन् १८०५ मा पहिलोपटक दूरबिनबाट बाहिरको प्रकाश पठाएर पिसाबथैलीको परीक्षण गरेर इन्डोस्कोपीको सुरुवात भएको थियो । त्यसपछि नै यो प्रविधिको विकास हुँदै आयो र अहिले रोबोटिक सर्जरीको जमानासम्म आइपुग्यो । तर, यस्तो प्रविधिबारे अझैसम्म धेरै नेपालीलाई जानकारी छैन र उनीहरू यो सुविधाको पहुँचबाहिर छन् ।
३. हिजोआज शरीरका सबैजसो अंगको शल्यक्रिया धेरै हदसम्म इन्डोस्कोपीको सहायताले गर्न सकिन्छ । यसमा पनि बच्चा जन्माउनेबाहेक प्रसूति तथा स्त्रीरोगसम्बन्धी सबै शल्यक्रिया इन्डोस्कोपीबाट नै गर्न सम्भव हुन्छ । पेटमा नचिरी सानो प्वाल मात्र बनाएर आवश्यक उपकरणहरू भित्र पठाई गरिने शल्यक्रियालाई ल्यापरोस्कोपी भनिन्छ । कही वर्षपहिला महिलाको बन्ध्याकरण यो प्रविधिबाट गरिने भएकाले अहिले पनि धेरै मान्छेले ल्यापरोस्कोपी भनेपछि यही बुझ्छन् । तर, अहिले त्यही प्रविधिबाट पाठेघर निकाल्ने ‘हिस्टेरेक्टोमी’, पाठेघरको ट्युमर निकाल्ने ‘म्योमेक्टोम’, अण्डासयका गोलाहरू निकाल्ने ‘सिस्टेक्टोमी’ तथा पाठेघरको क्यान्सरका लागि गरिने अप्रेसन ‘र्याडिकल हिस्टेरेक्टोमी’समेत यही प्रविधिबाट गर्न सकिन्छ । अझ पेटमा प्वालसमेत नबनाई पाठेघरको मुखबाट दूरबिन भित्र पठाएर गर्भ बस्ने ठाउँबाट मासु निकाल्ने ‘हिस्टेरोस्कोपिक’ शल्यक्रिया पनि सम्भव भएको छ ।
४. इन्डोस्कोपिक सर्जरीका धेरै फाइदा छन् । यो विधिबाट अप्रेसन गर्दा पेटमा घाउ नहुने भएकाले अन्य अप्रेसनमा जस्तो घाउ पाक्ने डर हुँदैन । अस्पतालमा थोरै दिन मात्रै भर्ना भएर बसे पुग्छ । अप्रेसनमा दुखाइ कम हुन्छ भने टाँका चुँडिने डर हुँदैन । दूरबिनबाट अप्रेसन गर्ने भाग आँखाले देख्नेभन्दा ठूलो देखिने हुनाले स–साना खराबी पनि सजिलै पहिल्याउन सकिन्छ । त्यसैले उपचारपछि सानो खराबी पनि छुट्ने सम्भावना निकै कम हुन्छ ।
५. दूरबिनबाट शल्यक्रिया गर्दा आन्द्रा धेरै चलाउनु पर्दैन । आन्द्रा अरू अंगसँग टाँसिने सम्भावना कम हुन्छ । जसकारण अप्रेसनपछि लामो समयसम्म पेट दुखिरहने समस्या हुँदैन । धेरै मोटो पेट भएका महिलाका लागि त यो अप्रेसन झन् उपयुक्त हुन्छ । जटिल मुटु तथा फोक्सोका बिरामीका लागि भने यो प्रविधि उपयुक्त हुँदैन ।
६. इन्डोस्कोपिक प्रविधिबाट अप्रेसन गर्नु तुलनात्मक रूपमा महँगो भने पर्छ । यसका उपकरणहरू नै महँगा हुन्छन् । तर, छोटो अवधिको अस्पताल बसाइ, थोरै पुनःपरीक्षण, छिटै काममा फर्किन सक्नेजस्ता अवस्थाले यी पाटोतिरको खर्च कटौती हुन्छ । यो अप्रेसन गर्न तालिमप्राप्त चिकित्सकहरूको आवश्यकता पर्ने तथा चिरा पारेरभन्दा अलि बढी समय लाग्ने भए पनि बिरामीलाई छिटो स्वास्थ्यलाभ हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण