बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिहान बिर्सेर पनि नगर्नुहोस् यी ६ गल्ती, बढ्न सक्छ तपाईंको तौल

मङ्गलबार, ०४ माघ २०७३, ११ : ४१
मङ्गलबार, ०४ माघ २०७३

तौलको सम्बन्ध हाम्रो मेटाबोलिजमसँग पनि छ । मेटाबोलिजम सुस्त हुँदा बोसो पग्लने क्रिया पनि सुस्त हुने गर्दछ । कोही मानिसहरु बिहान यस्ता गल्ती गर्दछन् जसले मेटाबोलिजम क्रियामा नराम्रो असर पुर्याउँदछ । त्यसैले क्यालोरी राम्रोसँग बर्न हुन पाउँदैन र यो बोसोमा परिणत हुने गर्दछ । यस्तो अवस्थामा तौल बढ्ने गर्दछ ।

ब्रेकफास्ट खान ढिलोः

ब्रेकफास्ट समयमा नगर्दा मेटाबोलिजम स्लो हुने गर्दछ । यसले बोसो राम्रोसँग बर्न हुन पाउँदैन र तौल बढ्ने गर्दछ ।

प्रोटिन डाइट नखानुः

ब्रेकफास्टमा दुध, दही, पनिर, अण्डा, ओट्स, ड्राई फ्रुटजस्ता खाना नखाँदा मेटाबोलिजम स्लो हुने गर्दछ । यसले तौल बढ्ने गर्दछ ।

व्यायाम नगर्नुः

दैनिक मर्निङ वक र शारिरिक व्यायाम नगर्दा मेटाबोलिजम स्लो हुने गर्दछ । यस्तो अवस्थामा तौल बढ्ने गर्दछ ।

पूरा निन्द्रा नसुत्नुः

यदि हामी दैनिक बिहान ७ घण्टाभन्दा पहिले उठ्छौं भने यसले तौल बढाउने हर्मोनको स्तरमा वृद्धि गर्दछ । यस्तो अवस्थामा तौल बढ्ने गर्दछ ।

पानी न पिउनुः

दैनिक बिहान खाली पेटमा एक वा दुई ग्लास मनतातो पानी नपिउँदा टक्सिन बाहिर निस्कन पाउँदैन । यसले मेटाबोलिजम स्लो हुने गर्दछ र तौल बढ्न थाल्छ ।

फाइबर युक्त खाना नखाँदाः

बिहान खानामा टुसा उम्रेको गेडागुडीलगायतका फाइबरयुक्त खाना नखाँदा अतिरिक्त बोसो बर्न हुने पाउँदैन । यस्तो अवस्थामा मोटोपना बढ्ने गर्दछ ।

थाहा पाउनुहोस्, बिहानको कुन बानीले घटाउँछ तौलः

मनतातो पानीमा कागती मिसाएर पिउनुहोस्ः

दैनिक बिहान एक ग्लास मनतातो पानीमा कागती मिसाएर पिउनुहोस् । यसले मेटाबोलिजम बढ्नेछ र तौल घटाउन सहयोग गर्नेछ ।

ग्रीन टीः

बिहानको चियामा दुध र चीनि सकेसम्म नराख्नुहोस् । यसको साटो ग्रिन टी पिउनुहोस् । यसले तौल घटाउन सहयोग गर्दछ ।

महः

दैनिक बिहान मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले शरिरको अतिरिक्त बोसो कम गराउनेछ ।

भुटेको आलसः

आलसमा भरपुर मात्रामा ओमेगा–थ्री फ्याटी एसिड र आइरन हुने गर्दछ । दैनिक बिहान एक चम्चा भुटेको आलस खानुहुन्छ भने तौल घटाउन सहयोग गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप