राप्रपाका वडा, गाउँ, नगर आधिवेशन सुरु
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि वडा, गाउँ, नगरको अधिवेशन आजदेखि सुरु भएको छ ।
देशभर सुरु भएको सो महाधिवेशन यही माघ १५ गतेसम्म जारी रहनेछ । वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न भएपछि माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै दिनमा क्षेत्रीय अधिवेशन तथा माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गरिने कार्यक्रम तय भएको छ ।
आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा वडा, गाउँ, नगर, क्षेत्र तथा जिल्ला अधिवेशनबाट प्रतिनिधि छनौट गरिनेछ ।
पार्टीका नेता देवेन्द्र प्रधानका अनुसार देशभर साधरण सदस्यता वितरण तथा तल्लो तहदेखि प्रतिनिधि छनौटका लागि प्रक्रिया सुरु भइसकेको छ । फागुन २ गतेसम्म देशभरबाट प्रतिनिधि छनौट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने छ ।
राप्रपा तथा राप्रपा नेपालबीच एकीकरण भएपछि पहिलो पटक हुन लागेको उक्त महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्य रहेको एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ ।
सो समितिलाई सहयोग गर्नका लागि विभिन्न १२ उपसमिति गठन भई तयारीका लागि विभिन्न चरणका कार्य सुरु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण