सशस्त्र प्रहरीद्वारा लाखौंको सामान बरामद
शुक्रबार, ०७ माघ २०७३, ११ : ०५
रौतहट– रौतहटका बजारमा भारतीय अवैद्य सामान बिक्रि वितरण हुने गरेको खुलासा भएको छ । प्रहरीले बेलाबेलामा त्यस्ता अवैद्य सामान नियन्त्रणमा लिने गरेपनि अबैद्य सामान भित्रयाउने क्रम भने रोकिएको छैन ।
रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले आज बिहान मात्रै लाखौ मुल्य बराबरको अबैध भारतीय कपडा लगायतका सामान बरामद गरेको छ । सशस्त्र सिमासुरक्षा गौर हजमिनिया बाट खटिएको टोलीले स्थानिय कोपवा गाविसस्थित शेख अन्सारीको गोठमा राखिएको करीव तीनलाख बराबरको कपडा र ३१ बण्डल बिडी बनाउन प्रयोग हुने सुख्खा बरामद गरेको छ ।
सीमावर्ती भारतीय बजारबाट नेपालमा अबैधरु पले ठूलो परिमाणमा सामान भित्रयाएको सूचनाको आधारमा प्रहरीले उक्त सामान बरामद गरेको रौतहट सशस्त्र प्रहरी प्रमुख एसपी भगवान मल्लले बताएका छन् ।
बरामद सामान आवश्यक कार्वाहीको लागि शुक्रबार नै जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण