बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घामबाट बच्नका लागि के तपाईं पनि छाताको प्रयोग गर्नुहुन्छ ? सावधान

शुक्रबार, ०७ माघ २०७३, १३ : १९
शुक्रबार, ०७ माघ २०७३

के तपाईं घामबाट बच्नका लागि छाताको प्रयोग गर्नुहुन्छ ? घामको खतरनाक अल्ट्राभ्वाइलेट रेज आफूमाथि नपरोस् भनी छाताको प्रयोग गर्नुहुन्छ भने तपाईं अब सावधान हुने बेला आएको छ । आज हामी तपाईंलाई यस्तो वास्तविकताबारे जानकारी दिँदै छौं जसले तपाईंलाई अचम्मित बनाउनेछ ।

के भन्छ अनुसन्धानः

भर्खरै गरिएको एक अध्ययन अनुसार तपाईं छाताको मुनी बस्दा पनि सनबर्नबाट बच्न सक्नुहुन्न । सन एक्सपोजर वा घामको तेज प्रकाशबाट बच्नका लागि धेरैजसो मानिसहरु छायाँ वा छहारीको प्रयोग गर्दछन् । छाताको मुनी बस्दा आफ्नो छाला पूर्ण रुपमा घामको हानिकारक किरणबाट बचिरहेको छ भनेर मानिसहरु सोच्ने गर्दछन् ।

विकिरणबाट बचाउँदैन छातालेः

अनुसन्धानका आधारमा छायाँ वा छहारीको मुनी बस्दा घामको प्रत्यक्ष किरणबाट बच्न त सकिन्छ तर विकिरणबाट भने बच्न सकिँदैन ।

कसरी गरियो अनुसन्धानः

अनुसन्धानका लागि टेक्ससबाट ८१ प्रतिशत मानिसहरुलाई सहभागी गराइयो जसमा ४० प्रतिशतलाई साढे तीन घण्टासम्म टन्टलापुर घाममा छाता मुनी बसाइयो भने ४१ प्रतिशतलाई एसपीएफ १०० सनस्क्रिन लगाएर घाममा बस्न लगाइयो ।

अनुसन्धानको नतिजाः

एक दिन पछि जो मानिसहरु छाता मुनी बसेका थिए उनीहरुको अनुहार, गर्धन, छातीको माथिल्लो भाग, पाखुरा घामले डढेका थिए । अनुसन्धानमा भाग लिनेमध्ये छाता मुनी बस्ने ७८ प्रतिशतको छाला घामले डढेको थियो भने जबकी सनस्क्रिन लगाएका २५ प्रतिशतलाई मात्र सनबर्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप