श्रम सम्बन्धी विधेयकमा ५ सय ६० बुँदामा संशोधन दर्ता
काठमाडौ–व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ‘श्रम सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक २०७२’ माथि छलफल शुरु गरेको छ ।
संसदमा पेश भएको लामो समयपछि विधेयकमाथि छलफल शुरु भएको हो । केपी ओली नेतृत्वको सरकारका तत्कालीन श्रम मन्त्री दिपक बोहोराले नै संसदमा पेश गरेको विधेयकमाथि समितिले लामो समयपछि मात्र दफावार छलफल थालेको हो ।
विधेयकमा श्रमिकको हक हित तथा सुविधाको व्यवस्था गर्नुपर्ने, श्रमिक र रोजगारदाताको अधिकार तथा कर्तव्यको स्पष्ट परिभाषा गरी असल श्रम सम्बन्ध स्थापित गर्ने प्रस्ताव गरिएको छ ।
त्यसैगरी श्रम शोषणका सबै अवस्थालाई अन्त्य गरी उत्पादकत्व वृद्धि गर्ने वातावरण बनाउन विधेयकमा प्रस्ताव गरिएको छ ।
रोजगारको सम्बन्धमा कामदार र रोजगारदाताबीच प्रश्न उठेमा त्यसको निराकारण गर्ने आधारहरु स्पष्ट पार्ने कानुनी व्यवस्था पनि विधेयकमा प्रस्ताव गरीएको छ । यसैगरी विदेशी कामदारको कामको प्रकृति अनुसार समय र सेवा सुविधा पनि ऐनमै तोक्न भनिएको छ ।
विधेयकका विभिन्न दफा संसोधन गर्न विभिन्न सांसदहरुले ५ सय ६० बुँदामा संशोधन दर्ता गराएका छन् ।
यसैबीच समितिले विधेयकमाथि परेका संशोधनहरुको अध्ययन गरी एकीकृत प्रतिवेदन तयार पार्न सभापति प्रभु साहको संयोजकत्वमा ९ सदस्यीय उपसमिति पनि गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण