१० प्रदेशसहित संशोधनको प्रस्ताव परिमार्जन हुनुपर्ने : अध्यक्ष ठाकुर
विराटनगर - तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले मधेसी मोर्चाको दस प्रदेशको माग रहेको र सोअनुरुप उक्त प्रस्तावलाई परिमार्जन नगरिएको अवस्थामा समर्थन गर्न नसकिने स्पष्ट पारे ।
सीमाङ्कनसम्बन्धी विवादको टुङ्गो नलागेको र निर्वाचनको लागि कानुन पनि नबनेको अवस्थामा निर्वाचन हुन नसक्ने उल्लेख गर्दै उनले सरकारले निर्वाचन गर्न खोजे सहभागी नहुने धारणा प्रकट गरे ।
जनसङ्ख्या र भूगोलको आधारमा गाउँपालिका र नगरपालिकाको गठन हुनुपर्नेमा त्यसअनुरुप नभएकाले मधेसी मोर्चालाई स्थानीय तहको सम्बन्धमा आयोगले पेस गरेको प्रतिवेदन मान्य नहुने जानकारी गराए ।
पत्रकारको जिज्ञासामा अध्यक्ष ठाकुरले सीमाङ्कनको हेरफेरका साथै मधेसी मोर्चाको माग पूरा नभएसम्म संसदीय निर्वाचनलाई समर्थन गर्न नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण