पूर्वराष्ट्रपति डा यादवको स्वास्थ्य अवस्था सामान्य
शुक्रबार, ०७ माघ २०७३, १३ : ४३
काठमाडौँ - पूर्वराष्ट्रपति डा रामवरण यादवको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
पेटसम्बन्धी समस्या भएपछि विहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका डा यादवको इन्डोस्कोपीलगायतको स्वास्थ्य परीक्षण आज गरिएको उनका छोरा चन्द्रमोहन यादवले जानकारी दिए ।
विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिएको छ । अस्पतालमा भर्ना हुनु अगाडि पूर्वराष्ट्रपति डा यादवलाई पेटमा समस्या भएको थियो ।
उनको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ । चिकित्सकले केही दिन आराम गर्नका लागि सुझाव दिएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण