रक्सी खाएर ट्रक चलाउँदा भक्तपुरमा दुईवटा मोटरसाइकललाई ठक्कर, दुईको मृत्यु
शुक्रबार, ०७ माघ २०७३, १३ : ४७
भक्तपुर - दूधपाटीबाट काठमाडौँ फर्कदै गरेको दुई मोटरसाइकललाई सल्लाघारीबाट दूधपाटी जाँदै गरेको मिनिट्रकले भक्तपुरको सल्लाघारीमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सल्लाघारी सैनिक महाविद्यालय अगाडि बा २ ख ९७२१ नं को मिनी ट्रकले दुईवटा मोटरसाइकललाई एकैसाथ ठक्कर दिँदा दुई जनाको मृत्यु भएकोे महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा बा ४३ प ४५७६ नम्बरको मोटरसाइकल चालक काठमाडौँ कालीमाटी बस्ने वर्ष ४५ का सरोज बानियाँ र बा १४ प ५२८८ नं का मोटरसाइकल चालक कालीमाटीकै वर्ष ४४ का अनीलकृष्ण ताम्राकारको घटनास्थलमै मृत्युभएको हो ।
मादकपदार्थ सेवन गरी सवारी चलाएका मिनीट्रक चालक भक्तपुर चाँगु बस्ने वर्ष ३१ का सलन नगरकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक हबल्दार दीपेन्द्र शााहीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण