आगो लगाई श्रीमतीको हत्या प्रयास
बाँके - नेपालगन्जमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई आगो लगाई मार्ने प्रयास गरेको अभियोग लगाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका– १२ बाँकेगाउँ, खट्नपुरुवाका करिब २५ वर्षीय राजेन्द्र खटिकले आफ्नी २२ वर्षीया श्रीमती अनिशालाई टुकीमा रहेको मट्टितेल खन्याई आगो लगाउने प्रयास गरेका हुन् ।
आगलागीबाट अनिशाका स्तन, मुख र टाउको जलेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए । “आपसी विवादका कारण गए राति बलिरहेको टुकीले श्रीमान्ले श्रीमतीलाई आगो लगाएको देखिन्छ ,” गौतमले भने ,“घटना भएलगत्तै प्रहरीले भेरी अञ्चल अस्पतालमा उपचारका लागि अनिशालाई ल्याएकाले उपचारमा सहज भएको छ ।”
गम्भीर घाइतेअनिशाको शरीरको ५० प्रतिशत भाग जलेको भेरी अञ्चल अस्पताल नेपालगन्जले जनाएको छ । अभियुक्त राजेन्द्र फरार रहेकाले उनको खोजी भइरहेको वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण