नयाँ मन्त्री भन्छन्, 'संशोधनमा समर्थन गर्छौँ भनेर कबुल गरेका छैनौँ’
काठमाडौं - नवनियुक्त खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधन भन्दापनि कार्यान्वयन अहिलेको आवश्यकत्ता भएको स्पष्ट पारेका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री प्रेम बहादुर सिंहले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परे संविधान संशोधन हुन सक्ने बताएका हुन् । उनले भने,‘संविधान कार्यान्वयन नै अहिलेको आवश्यकत्ता हो, कार्यान्वयन गर्दै जाँदा जटिलता आयो भने संशोधन गर्न सकिन्छ।’
त्यस्तै नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले पनि आफू संविधान संशोधन गर्छु भनेर कबुल गरेर मन्त्री नबनेको स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीले मलाई केही भन्नुभएको पनि छैन, मैलेपनि मलाई मन्त्री बनाईदिनुपर्यो भनेर कसैसँग भनेको छैन, संशोधन प्रस्ताव पारित गराउनको लागि हामीलाई मन्त्री बनाईएको हो भनेर यहाँ अनुमानका वायुपँखी उडाउने काम भयो, अब अनुमानको कुरा गर्नेसँग मेरो भन्नु केही पनि छैन्।’
मन्त्री खड्काले संविधान संशोधन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदै आएको र संविधानका धेरै बुँदाहरुमा आफूले संशोधन हालेको उल्लेख गर्दै भने, ‘यो संविधानमा सबैभन्दा धेरै संशोधन हाल्ने भनेको मै हुँ, संविधान संशोधन गर्नुपर्छ भनेर मैले अधिकांश बुँदाहरु संशोधन प्रस्ताव हालेको छु, मैले हिमाल, पहाड र मधेशलाई जोड्नुपर्छ भन्दा मेरो विरुद्धमा बोल्दा म कानको डाक्टरसँग जानुपर्यो।’
उनले संविधान कार्यान्वयन लगायत अन्य कुरामा पनि अहिलेको संसदीय संरचना अनुसार प्रमुख दलहरु मिलेर जानुको विकल्प नभएको बताए। उनले भने,‘प्रमुख दलहरु एकताबद्ध हुनुपर्छ, धु्रविकरण भएर अघि बढ्दा समस्याको समाधान हुन सक्दैन्।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण