बन्दुकमा गोली लोड गर्दा गर्दै पक्राउ
शुक्रबार, ०७ माघ २०७३, १५ : ०६
काठमाडौँ – स्याङ्जाको एलादी–९ तल्लो खाल्डे बस्ने ५९ वर्षीय नोमबहादुर गुरुङलाई प्रहरीले बन्दुकमा गोली छर्रा लोड गर्दागर्दै पक्राउ गरेको छ ।
उनको साथबाट १ थान भरुवा बन्दुक, ५७ थान छर्रा र करीब २ सय ग्राम बारुद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बिहिबार गुरुङले घरमा बसी बन्दुकमा गोली छर्रा भरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । यसैबीच सिरहा नगरपालिका–१२ स्थित रामबृक्ष कामतीको घरबाट प्रहरीले बिहिबार अटोमेटिक पस्तोल १ थान र १ सय चक्की नाइट्रोसन बरामद गरेको छ ।
यसबारे थप अनुसन्धानको लागि सोही ठाउँ बस्ने ४५ वर्षीय रामबृक्ष कामती, २४ वर्षीय कासिन्द्र कुमार कामती, ३५ वर्षीय श्याम कामति र सोही ठाउँ स्थित रामबिर्ता–३ घर भई हाल मिर्चिया–१ बस्ने ३१ वर्षीय श्याम किशोर कापरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण