मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिने
काठमाडौं – मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक बीच एक आपसमा गाभिने सम्बन्धमा बिहिबार सैद्धान्तिक सहमति भएको छ ।
मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोज बहादुर शाह र टुरिजम् डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरुको रोहवरमा सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति बमोजिम मर्जर पश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहनेछ ।
अन्तिम शेयर आदान प्रदान अनुपात डिडिए प्रतिवेदनको आधारमा फरक पर्न सक्ने गरी हाललाई मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको शेयर आदान प्रदान अनुपात १०० : ९५ तय गरिएको छ ।
साथै मेगा बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले नै मर्जर पछिको संस्थामा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको रुपमा निरन्तरता पाउने छन् ।
मेगा बैंकको हालको चुक्ता पुँजी रु. ४ अर्ब १ करोड, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या ४० तथा ४७ वटा एटिएमहरु रहेको र टुरिजम् डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी रु. ९१ करोड ९७ लाख, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएमहरु रहेको व्यहोरा मेगा बैंकका सिईओ अनिल केशरी शाहले बताए ।
आगामी साधारण सभाले स्वीकृत गरेको खण्डमा मेगा बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७२÷७३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीमा १३.९५% बोनस शेयर जारी गर्ने सिफारिश गरेको उनले बताए ।
साथै टुरिजम् डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजी रु. ९१ करोड ९७ लाखमा १८.६०% बोनस शेयर प्रस्ताव गरेको छ । हालै मात्र टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूमि बिकास बैंक र कालिन्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी २४ पौष २०७३ बाट संयुक्त कारोबार सञ्चालन गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण