लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
भद्रपुर - आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको छ महिनामा कुल रु ८९ करोड १२ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा कार्यालयले रु ८५ करोड ९४ लाख ९२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु तीन करोड १७ लाख ६३ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख निर्मल ढकालले जानकारी दिए।
उक्त अवधिमा आयकरतर्फ रु ४१ करोड आठ लाख ८३ हजार, बहाल करतर्फ रु तीन करोड १७ लाख ७२ हजार, ब्याज करतर्फ रु तीन करोड ७२ लाख ४१ हजार, मूल्य अभिवृद्धि करतफृ रु २६ करोड ९१ लाख ६७ हजार, अन्तः शुल्कतर्फ रु १० करोड ७४ लाख ३२ हजार, स्वास्थ्य सेवा करतर्फ रु दुई करोड ६७ लाख छ हजार तथा शिक्षा सेवा करतर्फ रु ८० लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ ।
कुल ६४ हजार ५५६ करदाता रहेकामा यस वर्ष सबैभन्दा बढी कर तिर्ने नेपाल बहुउद्देश्य सहकारी संस्था लिमिटेड झापा, बिएण्डसी मेडिकल अस्पताल विर्तामोड, गोरखकाली सिमेन्ट उद्योग झापा, नामसालिङ सामुदायिक विकास केन्द्र इलाम, ताप्लेजुङ हार्डवेयर सेन्टर एन्ड सप्लायर्स र न्युट्रन इजुकेसन फाउण्डेसन प्रालि झापा रहेका कार्यालयले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण