सिप्रदीको नयाँ डिलर अब पोखरामा
शुक्रबार, ०७ माघ २०७३, १८ : २९
काठमाडौँ –सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले पोखरामा टाटा पेसेन्जर भेहिकलहरुको लागि आफ्नो नयाँ डिलरको रुपमा गण्डकी ट्रेड हाउस लाई नियुक्त गरेको छ ।
हालै काठमाडौंमा सम्पन्न गरिएको एक कार्यक्रममा दुवै पक्षले उक्त विषय अन्तर्गतको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा कम्पनीका जनरल म्यानेजर प्रवीण खतिवडाले नयाँ डिलरलाई आफ्नो कम्पनीको बृहत नेटवर्कमा स्वागत गरेका थिए ।
सोही क्रममा गण्डकी ट्रेड हाउसका प्रोपाइटर, पोखरा चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्टिजका भूतपूर्व अध्यक्ष, नेपाल अटोमोबाइल डिलर्स एशोसियशनका भूतपूर्व उपाध्यक्ष तथा नेपाल रसिया चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्टिज गण्डकीका वर्तमान अध्यक्ष, बिन्दु कुमार थापाले पनि सिप्रदी जस्तोे प्रतिष्ठित कम्पनीसँग आवद्ध भएर काम गर्दा आफूहरु खुशी एवं उत्साहित भएको कुरा बताए ।
सिप्रदी ट्रेडिङ्ग प्रा.लि. भारतको प्रख्यात गाडी निर्माता कम्पनी टाटा मोटसर्् लिमिटेडको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण