यी हुन् अनलाइन बैंकिङका फाइदा
ध्रुवकुमार पौडेल, प्रमुख सञ्चालन अधिकृत शिद्धार्थ विकास बैंक
कुनै पनि ग्राहकले इन्टरनेटको प्रयोग गरेर बैंकिङ कारोबार गर्नु नै अनलाइन बैंकिङ हो । ई–बैंकिङ पनि भनिने यो प्रविधिले आफूले चाहेको समयमा इच्छाअनुसार खातामार्फत वित्तीय कारोबार गर्न सक्छन् । यो सेवा उपभोग गर्न कुनै पनि प्रकारको समयको बन्देज रहँदैन । आवश्यकता परेका वेला जुनसुकै स्थानबाट २४सै घन्टा बैंकिङ कारोबार गर्न सकिन्छ । तर, यसका लागि इन्टरनेटको सुविधा भने उपलब्ध भएको हुनुपर्छ । आजभोलि अधिकांशको हातमा स्मार्टफोन हुने कारण यो सेवा सर्वसुलभ हुँदै गइरहेको छ । इन्टरनेट बैंकिङका फाइदा यस्ता छन्ः
अनलाइन बैंकिङ प्रणालीको प्रयोगले समयको बचत र चाहेको समयमा आफ्नो खाताको अपडेट जान्न सकिन्छ । सम्बन्धित व्यक्तिले मात्र सो कारोबार गर्न सक्छन् । जसले गर्दा कारोबारको दुरुपयोग हुने सम्भावना कम हुन्छ । कतिपय अवस्थामा अपर्झट वित्तीय कारोबार गर्नुपर्ने हुन्छ । कसैलाई भुक्तानी गर्नुपर्ने अवस्था आएमा मोबाइलबाटै सम्बन्धित एकाउन्टमा ट्रान्जेक्सन गर्न सकिन्छ । यसले समयको बन्देज हटाउँछ । भएको कारोबारको अपडेट पनि तुरुन्तै प्राप्त गर्न सकिन्छ ।
इन्टरनेट बैंकिङको प्रयोग बढाउँदा हातैमा नगद बोकेर हिँड्नुपर्ने जोखिम, गन्नुपर्ने झन्झट, सुरक्षाजस्ता समस्या अन्त्य गराउँछ । भौगोलिक तथा वातावरणीय विकटतालाई समेत यसले कम गराउँछ । जसले गर्दा ग्राहकले घरमै बसेर फुर्सदको समयमा कारोबार गर्न सक्छ । यसले चेकबुक, बैंकमा लाइन बस्नुपर्ने झन्झटलगायतका समस्या हटाउँछ । घरमा बसीबसी युटिलिटी बिल पेमेन्टमार्फत टेलिफोन, बत्ती, पानी, स्कुलको बिललगायतका धेरै काम गर्न सकिन्छ । इन्टरनेट बैंकिङ सेवा सबै ग्राहकले एउटै गुणस्तरको पाउँछन् । सेवापश्चात् कारोबारको जानकारीसमेत तुरुन्त प्राप्त हुन्छ ।यसले बैंक हिसाब मिलान गर्नका लागि बैंकबाट कारोबारको विवरण माग्नुपर्ने झन्झटको पनि अन्त्य गर्छ ।
इन्टरनेट बैंकिङका फाइदा धेरै भए पनि सुरक्षा उपाय अपनाउन नसक्दा नोक्सान बेहोर्नुपर्ने पनि हुन सक्छ । त्यसैले इन्टरनेट बैंकिङ प्रविधिको प्रयोग गर्दा यस्ता विषयमा विचार पुर्याउनुपर्छ : आफूले कारोबार गरेको बैंकको आधिकारिक वेबसाइट मात्र लग–इन गरेर कारोबार गर्नुपर्छ । आफ्नो युजर आइडी र पासवर्ड सुरक्षित राख्नुपर्छ । मोबाइलमार्फत कारोबार गर्नेले मोबाइल पनि सुरक्षित राख्नुपर्छ । अन्य व्यक्तिलाई मोबाइल चलाउन दिनुभएन । आफ्नो पासवर्ड पनि सजिलो राख्नु हुँदैन । समय–समयमा पासवर्ड परिवर्तन गरिरहनुपर्छ । सकेसम्म सार्वजनिक स्थान या साइबरबाट अनलाइन बैंकिङ कारोबार नगर्नु सुरक्षित भइन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण