९ करोड लगानीमा तीन वटा पुल वन्दै
शनिबार, ०८ माघ २०७३, ०८ : ११
तुलसीपुर – दाङ र सल्यानका तीन वटा खोलामा ९ करोड लगानीमा पुलहरु निर्माण हुन लागेका छन् । दामोदर सडक खण्ड अन्तर्गत थपगाउँ एकली गाउँको बीचमा पर्ने चिरेघाट खोलामा ४ करोड ८५ लाख लागतमा ७५ मिटर लम्बाई र ८ मिटर चौडाईको पुलको निर्माण कार्य सुरु भएको छ ।
२०७४ मंसिर महिना भित्र निर्माण कार्य सक्नेगरि गत असाढ २९ गते जिल्ला प्राविधिक कार्यालय दाङसम्ग सम्झौता गरेको देव तथा सायर र जुद्ध एण्ड पूर्ण निर्माण सेवाले १० दिन अघिदेखि काम सुरु गरेको हो ।
त्यसैगरी सोही निर्माण कम्पनीले रोल्पा जाने सडकको बगाले खोलामा पनि पुल निर्माण गर्न लागेको निर्माणसेवाका प्रोपाइटर पुर्णबहादुर भण्डारीले जानकारी दिए ।
निर्माण सेवाले ५० मिटर लम्बाई र ८ मिटर चौडाइ रहेको पुल निर्माणका लागि २ करोड ४७ लाख लागतम प्राविधिक कार्यालयसँग सम्झौता गरेको छ ।
गत असाढ २९ गते सम्झौता गरेको निर्माण सेवाले २०७४ मंसिर मसान्तभित्र निर्माण कार्य पुरा गर्नु पर्नेछ । अहिलेसम्म ४० प्रतिशत काम पुरा भएको निर्माण व्यवासायी भण्डारीले बताए ।
त्यसैगरी दाङ सल्यान सडकको घट्टे कुलामा पनि पुल निर्माण गर्न लागिएको छ ।
२ करोड २७ लाख लागतमा जुद्ध एण्ड पुर्ण निर्माण सेवाले २५ मिटर लम्बाई र ८ मिटर चौडाई रहेको पुल निर्माण गर्न लागेको हो । निर्माण सेवाले २०७४ जेठ महिनाभित्र पुलको निर्माण कार्य सक्ने गरि भदौ १२ गते डिभिजन सडक कार्यालय दाङसँग सम्झौता गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण